कर्णालीका टावरहरु भरपर्दो बनाउन आग्रह

सुर्खेत ः नेपाल टेलिकमका शिवराज खनाल र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह बीचमा छलफल भएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामा रहेका टेलिफोन टावरमा विद्युतीकरण गर्नका लागि छलफल भएको थियो । छलफलमा मन्त्री सिंहले टावरमा विद्युतीकरणका लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । अधुरा रहेका टावरहरु छिटो निर्माण गरी जनतालाइ सूचना र सञ्चारको पहुच विस्तार गर्न मन्त्री सिंहले आग्रह गर्नुभयो ।
आज मन्त्रालयमा भएको भेटघाटको क्रम्मा गफ भन्दा पनि काम गरेर देखाउन मन्त्री सिंहले जानकारी दिनुभयो । जाजरकोटमा टावरको संख्या थप्नका लागि समेत उहाँले आग्रह गर्नुभयो ।
विद्युतीकरण नहुँदा पावरको अभावमा टावरहरुले कुनै समय काम नगरेको भन्दै खनालले मन्त्री सिंहलाइ टावर रहेका ठाउँमा विद्युतीकरणको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।








