प्रशासनको अनुमति विना घर गाडी लिन खोज्दा कृषि कार्यालयको गाडी फिर्ता

जाजरकोट ः जिल्ला प्रशासन कार्यालयको अनुमति विना सरकारी गाडी प्रयोग गरी दाङ घर जान लागेका कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालको गाडी फिर्ता गरिएको छ ।
घर जाँदा सरकारी गाडी अनुमति नलिएर जान खोजेपछि भेरी नगरपालिका ४ शान्तिचौताराबाट गाडी फिर्ता गरिएको छ । सरकारी कार्यालयका प्रमुखले जिल्ला छोड्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । कृषि विकास कार्यालयका प्रमुख धिताल जाजरकोट सुरुवा भएर गएदेखि कसैसँग सल्लाह , सुझाव र सहकार्य नगरी अगाडी बढ्ने कार्यालय प्रमुख मध्यमा पर्दछन् । सरकारी गाडी प्रहरीले रोकिदिएपछि निजी गाडी प्रयोग गरी दाङ तीर लागेका छन् ।
अनुमति विना जथाभावी सरकारी सवारी साधन चलाउने प्रक्रिया बन्द गर्न जिल्ला प्रशासन कार्यालयले कडाइ गरेपछि विकृती कम हुने देखिएको छ । सरकारी सम्पतीमा कार्यालय काम बाहेक अन्य समयमा व्यक्तिको रजाइ हुने समस्य हल गर्न प्रशासनको यो कदम प्रशंसायोग्य रहेको स्थानीयबासीको बुझाइ छ ।










