हाम कहाँ नि कतै गिटौंली त जन्मिने होइन्न ?

कृतिबहादुर बुढा

नेपालको इतिहासमा संघीय शासनका रुपमा जब स्थानिय सरकारको स्थापना भयो नि आम जनमानसमा एउटा छुट्टै उत्साह मौलायको थियो, अब
राजनीतिक परिवर्तन मात्र होइन सामाजिक, साँस्कृतिक र आर्थिक क्षेत्रमा आमूल परिवर्तन आउँछ र आउने छ भन्नेअपेक्षा थियो । यहि सपनालाई साकार
रुप दिन २०७४ सालमा इतिहासमै पहिलो पल्ट स्थानिय तहको चुनाव आयो र सबैले उत्साहका साथ भाग लिए । अपेक्षा थियो नेपाली समाजमा आमूल
परिवर्तन तर केही उदाहरणीय बाहेक उत्साहजनक र अपेक्षाकृत भएन भन्दा खासै कठिन नहोला । बरु आम मानिसको अपेक्षा भन्दा पनि फरक दृष्य तथा
कार्य देखा पर्ने गए । त्यो हो अवसरमा नातावाद, कृपावाद, राजनैतिक स्वार्थ तथा प्रतिशोध आदि आदि…. ……। आम जनअपेक्षाकृत नभए पनि यसलाई
आम सिकाईको रुपमा ५ वर्षे कार्यकाल समापन भयो । त्यही कारण वा विविध कारणले दोस्रो स्थानिय तहको चुनाव केहि फरक तथा राजनैतिक अपेक्षा
भन्दा फरक परिणाम आए वा फरक पृष्ठभूमिका व्यक्ति निर्वाचित हुन पुगे । यानिकी त्यसको परिणाम हेर्न बाँकी नै छ । अब जे जस्तो परिणाम आए पनि
पुन ः नयाँ जनप्रतिनीधिका साथ दोस्रो पटक स्थानिय चुनाव समापन भई कार्यकाल सुरुवात भई सकेको छ । यस सन्दर्भमा नयाँ जनप्रतिनीधिले पुराना
जनप्रतिनीधिको सफल र जनचाहान बमोजिक कार्यलाई निरन्तरता, कानून विपरित तथा जनअनपेक्षित कार्यलाई निरुत्साहित पार्नुे र सार्वजनिक सेवा
प्रवाहलाई अझ सरल, सहज र परिणाममुखी बनाउन अहिलोको जनप्रतिनीधिको प्रमुख काम रहेको छ । यसका साथै हाल विश्वव्यापीकरणका कारण आउने
नयाँपन सँग पनि सामाना गर्न सक्ने बन्नु छ । यसका लागि जनप्रतिनीधिमात्र सक्षम र सबल तथा इमान्दारी भएर हुँदैन प्रशासनिक क्षेत्रको अब्बलता पनि
त्यति नै आवश्यक छ । प्रसानिक क्षेत्रको सहयोग विना सफल हुने जनप्रतिनीधिको सपना अधुरो सपना हुन्छ । यसका लागि सबल, सक्षम , अनुभवि र
प्रविधिमैत्री प्रशासनिक (कर्मचारी) संयन्त्रको आवश्यक छ । हाल केही स्थानिय तह अझ शहर केन्द्रित स्थानिय तह र निश्चित क्षेत्रका कर्मचारीबाहेक अन्य
क्षेत्रमा कर्मचारीको अभावले सेवा करार गरि कार्य सञ्चालन गर्ने गरेको पाइन्छ । यसको प्रमुख कारण चाहीँ संधिय तथा प्रदेश तहको निजामति ऐन
नआउनु नै हो । विशेषतः स्वास्थ्य, शिक्षा, प्राविधिक क्षेत्रको विशेषज्ञता सेवा करारबाटै गरिएका छन् । हाल आर्थिक वर्ष समापन सँगै सेवा करारका
कर्मचारीहरुलाई विभिन कारण वा ठोस आधार नदेखाई सेवाबाट हटाँइदै छ । यो अन्यन्त निन्दनिय विषय हो यसकोराजनैतिक तथा प्रशासनिक परिणाम जनप्रतिनीधिले नै सामाना गर्नुको विकल्प छैन ।
विश्वमा एउटा इतिहास छ नि अमेरिकाका एन्ड्रयु ज्याक्सनले आफूलाई राजनैतिक सहयोग गर्नेका लागि एउटा नारा तय गरे, त्यो थियो ूलुट विजेताको
हुन्छ अर्थात To The Victor Belong The Spoil” .। यहि नाराका सहित जब उनि राष्ट्रपति निर्वाचित भए उनले पुराना कर्मचारीहरुलाई काम
गर्न असक्षम, भ्रष्ट र असहयोगीको आरोप लगाउँदै सेवाबाट हटाई आफूलाई राजनैतिक र अन्य क्षेत्रमा सहयोगीलाई प्रशासनिक क्षेत्रको माथिल्लो तहमा
नियुक्ति दिन थाले । यसले यसले त्यहाँ के अवस्था सृजना भयो भने शासक फेरिय सँगै प्रशासनिक (कर्मचारी) पनि फेरिने र शासक नै त्यहाँको कर्मचारी
नियुक्त कर्ता बने । त्यो प्रथा नै लुट प्रथाका रुपमा चिरपरिचित हुँदै गयो । आखिरीमा यसले कसैलाई त फाइदा नै गरिरह्यो तर सन १८८३ मा सरकारी
सेवामा प्रवेश नपाएका एक जना ब्यक्ति चाल्र्स गिटौंबाट त्यहाँका राष्ट्रपति जेम्स ए गार्फि ल्डको हत्या नैभयो। तत्पश्चात त्यहाँ सन १८८६ देखी
त्यहँ नि योग्यता प्रणाली लागू गरियो हाल विश्वमा सम्पूर्ण देशमा योग्यता प्रणाली लागू भएको छ । कहीँ कतै राजनैतिक नियुक्तिका पदहरु पनि छन्यो
नेपालका विभिन्न संस्थान तथा अन्य सरकारी संयन्त्रमा पनि छ । ती विशेष पद हुन्जो त्यही अनुसारको कानूनी व्यवस्था छ ।
तर
यति खेर एउटा यस्तो अवस्था सृजना भईरहेको छ कि यस भन्दा अघिल्ला जनप्रतिनीधिले नियुक्त गरेका कर्मचारी अझ आफ्नो राजनैतिक
पृष्ठभूमि विपरित रहेका कर्मचारीलाई विभिन्न कारण देखाई हटाउने कार्य थालिन भएको छ । यो एकदमै निन्दनिय छ । एक त हालका स्थानिय तहमा
कर्मचारी नै अभावछ, त्यसमा पनि अझ लिईरहेका सेवा करारबाट विमुख बनाउने हो भने एक त बेरोजगार सृजना हुन्छ भने सार्वजनिक सेवा प्रवाहमा
अति प्रभावित हुने देखिन्छ । पहिलोकुरा त उनिहरु स्थायी पदपूर्ति हुन वित्तिकै सेवाबाट जान बाध्य छन्तर अहिले त्यसरी हटाउँदा तपाईले राजनैतिक
प्रतिशोध नै साटेको देखिने छ । दोस्रो कुरा के हो भने जनशक्तिको अभावमा कसरी सेवा प्रवाह गर्न सक्नुहुन्छ ? अब कुरा तपाई पुनः विज्ञापन गरि नयाँ
भर्न लिनु होला त्यसमा राज्यको खर्च तथा अनुभव विहिन कर्मचारी आउँने सम्भावन बढि हुन्छ । र तपाईको पद सकिए पछि उनिहरु पनि त्यसरी नै
हटाईने छन् प्रतिशोध साटिने छ, जुन तपाईका अति प्रिय र विश्वसपात्र हुने छन् त्यसवेला तपाईको आत्माले के भन्छ ? तपाईका आफन्तहरु रुष्ट
हुनेछन्तपाईको विश्वास घट्ने छ । यो देशको संविधान तथा कानून विपरित कार्य हँदैछ स्थानिय तहमा, जहाँ राज्यले रोजगार सृजना गर्ने छ भन्ने नीति
छ र तपाई बेरोजगार । यति खेर भन्न मन लाग्छ कतै हामि नि गिटौंलीको जन्मत खोजि रहेका छैनौ…………………..?





error: Content is protected !!