कर्णालीमा भएन दली सहमति

सुर्खेत / सोमबार देखि अवरुद्ध भएको कर्णाली प्रदेशको प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन । सत्तारुढ दलहरु बीच एकले अर्कोलाइ असहयोग गरेको भन्दै भएको अवरोध तीन दिन वितिसक्दा सम्मा समाधान तर्फ उन्मुख हुन सकेको छैन ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले वुधबार विहान आफ्ना माग पुरा नभए सम्मा सदन र विषयगत समितिका कुनै पनि कुरामा सहभागी नहुने निर्णय गरिसकेको छ । यो निर्णयले सदन भित्रका कामहरु प्रभावित भएका छन् । सत्तारुढ दल भित्र असहमति भएपछि माओवादीले सदनबाट बाहिरिएको थियो ।
वुधबार दिउँसो सभामुख राजबहादुर शाहीले दलीय सहमति गराउन भन्दै बोलाएको बैठकमा समेत निष्कर्ष निस्कन नसक्दा फेरी अर्को बैठक बस्ने गरी बैठक सकिएको थियो । अर्को बैठक कहिले बस्ने विषयमा समेत टुंगो लागेको छैन । मुख्यमन्त्री जीवनबहादुर शाही नेकपा ( माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजवादी केन्द्र) को बलमा मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री सत्तासाझेदार दलहरुसँग कुनै पनि सरोकार सम्वन्ध नराखी एकलौटी तरिकाले अगाडी बढ्दा समस्य आएको माओवादी केन्द्र संसदीय दलकी सचेतक कृष्ण शाहले आरोप लगाइन् ।
माओवादीको भागमा परेको विषयगत समितिमा समेत न्यूक्ति लगाएका अन्य कुरामा ध्यान नदिएर राजनीतिक रुपमा असहयोग गरेको शाहको भनाइ छ । उनले भनिन् , ‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण वेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो ।’ यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको उनले टिप्पणी गनिन् । अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रि गराएको माओवादी भनाइ छ ।
सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहिन बनेको, शान्ति पूनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचिमा पर्न नसकेको माओवादीको दावी छ ।










