कर्णालीमा सर्वदलिय बैठक सहमति भएन

सुर्खेत ः सभामुख राजबहादुर शाहीको पहलमा प्रदेशसभा बोलाएको सर्वदलीय बैठक निष्कर्ष विहिन भएको छ । मंगलबार नेकपा ( माओवादी केन्द्र) बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले बिभिन्न माग राखेर सदन अवरुद्ध गरेका थिए ।
अवरुद्ध सदन खुलाउनका लागि आज सभामुख शाहीले बोलाएको सर्वदलीय बैठक सहमती हुन सकेको छैन । आज विहान मात्र माओवादी स‌‍‍सदीय दलको बैठकले दल नेता महेन्द्रबहादुर शाहीलाइ बार्ता तथा सहमतीका लागि पहल गर्ने जिम्मेवारी दिएको थियो । सत्तारुढ दल भित्र नै असहति बढेपछि माओवादीले सदन अवरुद्ध गरेको थियो । सदन देखि विषयगत कुनै पनि समितिमा माओवादी सहभागी नहुने निर्णय गरेको माओवादीले आन नै भएको सर्वदलिय बैठकबाट समेत कुनै सहमती हुन सकेको छैन ।
मुख्य कुरा भन्दा पनि आलटाल गर्न खालका कुराहरु ल्याएर बैठकमा मुख्यमन्त्री प्रस्तुत भएपछि हलुका तरिकाले बैठकमा बस्न नसकिने भन्दै सांसदीय दलका नेता महेन्द्रबहादुर शाही बैठकबाट बाहिरिएका थिए । बैठकमा नेकपा एमालेको तर्फबाट यमलाल कँडेल, मुख्यमन्त्री जीवनबहादुर शाही , नेकपा ( एकीकृत समाजवादी केन्द्र) बाट एक जना बैठकमा सहभागी रहेका थिए । सभामुखले समेत माओवादीलाइ पक्षपात रुपमा हेरेको नेकपा ( माओवादी केन्द्र) सांसदीय दलकी सचेतक कृष्ण शाहले जानकारी दिइन् ।

शाहका अनुसार फेरी बैठक बस्ने गरी आजको बैठक सकिएको छ । माओवादीले सरकार एकलौटी हिडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाउनुभयो । यस्तो अवस्थामा प्रदेशसभाका कुनै पनि कामकार्वाहीमा सहभागि हुन नसक्ने उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण वेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो ।’ यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको उहाँले टिप्पणी गर्नुभयो ।

अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रि गराएको उहाँले आरोप लगाउनुभयो ।

सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहिन बनेको, शान्ति पूनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचिमा पर्न नसकेको उहाँको गुनासो छ ।





error: Content is protected !!