माग पुरा नभए सदन र विषयगत समितिमा माओवादी सहभागी नहुने

सुर्खेत ः कर्णालीप्रदेश नेकपा ( माओवादी केन्द्र) को सांसदीय दलको बैठक सम्पन्न भएको छ । मंगलबारबिभिन्न असहमि राख्दै सदन अवरुद्ध गरेको माओवादीले आज सांसदीय दलको बैठक बसीआफ्ना माग पुरा नभए सम्मा सदन , विषयगत समित र सरकारका कुनै पनि काममा सहभागीनहुने निर्णय भएको सचेतक कृष्ण शाहले जानकारी दिइन् ।

प्रदेशसभा सदस्यगोपाल शर्माले मंगलबार समय मागेर सरकार एकलौटी हिडेको र प्रमुख सत्ता दलमाओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाउदै विरोध जनाएपछि सदन अवरुद्ध भएकोथियो । आज बसेको सांसदीय दलको बैठकले समेत  प्रदेशसभाका कुनै पनि कामकार्वाहीमा माग पुरानहुन्जेल सम्मा  सहभागी नहुँने सचेतक शाहलेबताइन् । शाहले भनिन् , ‘ सकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्णवेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो ।’

यो सरकारले माओवादीलाईलतारेर अघि बढ्न खोजिएको छ । अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पणगर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्थागरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रि गराएकोले तत्काल सो सुचारुगर्नुपर्ने हुन्छ ।’

सरकारकै कारणमाओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहिनबनेको, शान्ति पूनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चारविधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाकोकार्यसूचिमा पार्नुपर्ने उनले थपिन । बैठकले सत्ता साझेदार दलहरुसँगआफूहरुले उठाएका विषयमा छलफल गर्नका लागि दलका नेता तथा पूर्वमुख्यमन्त्रीमहेन्द्रबहादुर शाहीलाइ जिम्मेवारी दिइएको छ । सभामुखको भूमिका समेत निष्पक्ष नभएको शाहले जानकारी दिइन् ।





error: Content is protected !!