असार मशान्त सम्मा डोल्पामा ३३ केभी प्रशारण लाइन – पालिकामा जोड्का लागि बोलपत्र आवह्वान

सुर्खेत /  भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको डोल्पामा ३३ केभीए प्रशारण लाइन विद्युत पुर्याउनजका लागि तीन ठाउँबाट काम सुरु भएको छ । असार मशान्त सम्मा त्रिपुराकोट स्थित सव स्टेशनमा विद्युत पुर्याएर अन्य पालिकामा विद्युत वितरणको कामलाइ तिव्रता दिनका लागि तिव्र गतीका साथ काम भइरहेको विद्युत प्राविकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुम पश्चिमको गोतामकोट , जाजरकोट ,रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रशारण लाइको काम चलिरहेको छ ।

डोल्पामा तत्काल विद्युत पुर्याउनका लागि जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले महिना , महिनामा प्रगती विवरण पेश गर्न र कामलाइ तोकिएकै समयमा सम्पन्न गर्नका लागि युद्धस्तरमा लाग्न समेत निर्देशन दिइरहनुभएको छ । बुधबार मात्र नेपाल विद्युत प्राधिकरण प्रदेशीक कार्यालयले ठुलभेरी नगरपालिका , त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका , जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोट स्थित सव स्टेशनबाट विद्युत लिनका लागि बोलपत्र आवह्वान गरेको छ ।

त्रिपुरोकोट सव स्टेशनमा विद्युत पुग्न वित्तिकै पालिकामा विद्युत पुर्याउने भन्दै बोलपत्र आवह्वान गरि कामलाइ गती दिइएको हो । दुइ वर्ष देखि डोल्पामा विद्यत पुर्याउने भन्दै ठेक्का लागेपनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुन सकेको थिएन । कामलाइ तिव्रता दिनका लागि व्यवहारमुखी गती हुनुपर्नेमा मन्त्री सिंहले बताउनुभयो । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत नहुदा त्यहाँका कार्यालयमा काम गर्न समस्य हुँदै आएको छ ।





error: Content is protected !!