रुकुमका अधिकांश ठाउँमा लिफ्टिङबाट पानी

सुर्खेत ःलिफ्टिङबाट अधिकांश ठाउँमा पानी पिउने तथा सिंचाइ गर्न पाएपछि रुकुम पश्चिमका सर्वसारधाणहरु खुसी भएका छन् । जिल्लाभर बने का दुई दर्जन खानेपानी अप–लिफ्टिङ परियोजनाका बाट पानी उपलब्ध भएपछि स्थानीयबासीहरु खुसी भएका हुन् । झन्डै डेढ करोड खर्चेर सोलार प्रविधिमा गरिएको कालाखोला–घोर्लेगोठ–नुवाकोटडाँडा खानेपानी आयोजनामार्फतको लिफ्टिङ योजनाले यहाँका सर्वसाधारणहरुले खुसी छाएको छ ।

पानी बोकेर दुख गर्ने दिन समेत अन्त्य भएको चौरजहारी–१४ नाउलीकी रामसरी पुनले बताइन् । विद्युत पुगेको ठाउँमा विद्युतबाट र नपुगेको ठाउँमा सौर्य उर्जा मार्फत लिफ्टिङ गरि पानी ल्याइएपछि पानीका लागि सहज भएको हो । १२० घरधुरीले घर आंगनमै पानी आएर उपभोग गर्न पाएपछि आफूहरु खुसी भएको बरानेटीका कर्णबहादुर खड्काले बताए । उनले भर्ने लिफ्टिङ योजनाले धेरै राम्रो काम गरेको छ , अब घरमै पानी आयो, बेखुस हुनुपर्ने कुरै भएन,’ हामीलाई खोज्दै पानी आएको जस्तो भएको छ ।

त्रिवेणी, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा लिफ्टिङका धेरै योजना बनाइएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशको अगुवाइमा अन्य तहको सहयोगमा अधिकांश योजनाहरु निर्माण भएका छन् । त्रिवेणी गाउँपालिकामा दोमिल्ला टोट्के, थारमारे राजकोट, कालाखोला भेरीपोखरा, सिम्तारे खोला, बल्लेजुरी, जुगेपानी, मूलपानी, कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा र सानीभेरी गाउँपालिकामा विप्पेलेक र पोखरी लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेका छन । मेलचौर, अध्याचौर बुकीचौर र किटकिटे–बुगेरी लिफ्ट खानेपानी निर्माण क्रममा रहेको रुकुम पश्चिमको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयले जनाएको छ । त्यस्तै चौरजहारी नगरपालिकामा दहखोला–झापे, लामीरह–सुर्कीमारे योजना तयार भएको छ । सिस्नेरी–पातिहाल्ना, तिजुखोला–प्रियाटाकुरी र गरेधुरा लिफ्ट खानेपानी योजना , जोगिनेटाखोला–डलसिङे, ठूलाखोला–टाकुरा आयोजना, तिमितले लिफ्ट आयोजना र लिउरेबारी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२१ करोड ६२ लाख लागतमा ठूलीभेरी नदीबाट पानी लिफ्ट गरेर चौरजहारी उपत्यकामा पानी लिफ्ट प्रविधिमार्फ १ देखि ४ नम्बर वडाको झन्डै १ हजार ४ सय उपभोक्तालाइ पानी पुर्याएर चौरजहारी सुक्खा खानेपानी आयोजना सम्पन्न भएको छ । चौरजहारी–३ का कृष्ण बटालाका अनुसार भेरीबाट तानिएको पानी माथि डाँडाबाट वितरण गरिएपछि पानी बोक्ने दिनहरु अन्त्य भएको छ ।





error: Content is protected !!