सेना बनायो कृयापुत्री भवन देखि शवदाह स्थल सम्मा

जाजरकोट / नेपाली सेनाले कृयापुत्री भवनका साथै भेरीको किनारमा शव दाह निर्माण गरेको छ । चन्दननाथ गणले जाजरकोट भेरी नगरपालिका –४, बसपार्क क्षेत्रमा कृयापुत्री भवनका साथै भेरी नदीको किनारामा शवदाह स्थल निर्माण कार्य सम्पन्न गरी भेरी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको पश्चिम कमाण्ड, सुर्खेतबाट सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउने उदेश्य अनुरुप संचालिन (Quick Impact Projects-QIP) अन्तरर्गत प्राप्त श्रोत एवं जाजरकोटमा तैनाथ चन्दननाथ गणका सकलदर्जाहरुको श्रमदानबाट उक्त संरचनाहरुको निर्माण गरिएको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताउनुभयो । 

उक्त भवन कृयापुत्री भवन आज नै भेरी नगरपालिकाकलाइ हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले नवनिर्मित संरचनाहरु भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीलाई हस्तान्तरण गर्दै नेपाली सेना सधै जनसेवामा सक्रिया रहेको बताउनुभयो । उहाँले भेरीकै जगतीपुरमा आर्थिक रुपमा पछि परेका १७० घरधुरीलाइ कपडा वितरण देखि सदरमुकाममा रात्रीकालिन अवस्थामा हेलिकोप्टर अवतरण गर्न हेलिप्याड निर्माण गरिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख चन्द्रप्रकास घर्तीले नेपाली सेनाको जनसरोकारका यस्ता विकास निर्माण सम्बन्धित कार्यक्रमहरु रहेको सहभागिताको प्रशंसा गर्दै धर्म, संस्कृति संरक्षण, विकास निर्माण लगायत नागरिक सैनिक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्यानउने बताउनुभयो । चन्दननाथ गणले जिल्लामा तैनाथ भएपश्चात विकास निर्माण एवं जनसरोकारका क्षेत्रहरुमा उल्लेख्य कार्यहरु गर्दै आईरहको छ ।

गरिव एवं विपन्न जनताहरुलाई कम्बल तथा राहत वितरण, विद्यार्थीहरुलाई शैक्षिक र खेल सामग्री वितरण, रात्रीकालिनअवतरण सुविधा रहेको हेलिप्याड निर्माण, बाटो मर्मत, सरसफाई लगायत ३ पटक स्थानीय निकाय एवं सबै सुरक्षा निकायहरु सहभागी गराई विपद् प्रतिकार्य सम्बन्धि अभ्यासहरु संचालन गरिसकेको छ ।










