आहा ! उपल्लो डोल्पा (फोटो फिचर)

हेमन्त केसी
सुर्खेत ः उपल्लो डोल्पा जडीबुटीको भण्डारको रुपमा रहेको क्षेत्र हो। छिमेकी मुलुक चीनको सीमाना पनि यही क्षेत्रमा रहेको छ। सदरमुकाम दुनैबाट धो जानका लागि तीन दिन भन्दा बढी समय लाग्छ। अधिकांश समय हिउँले ढाक्ने यहाँ रुख, विरुवा हुँदैनन्। पाटनहरु बढी रहेका छन्। यार्सागुम्बा पाइने यस भूभागमा सबैभन्दा अग्लो क्षेत्रमा रहेको मानव बस्ती पनि यहीँ छ।











