कमरेड डि आर पाैडेलकाे सम्झनामा

कमरेड डि आर पाैडेलकाे संझनामा———
प्रथम संविधानसभा काे निर्वाचन पछि ने क पा (माओवादी )र ने क पा (एकता केन्द्र )बिचमा सम्पन्न एकता पछि कमरेड धनिराम पाैडेल र हामि एउटै समिति (केन्द्रीय समिति )रहेर काम गर्ने अवसर जुट्याे।अलग समुहमा रहदा नाम मात्रै सुनेकाे भए पनि यसरि एउटै समिति मा रहदा कमरेड ।
डि आर पाैडेल काे मार्क्स र क्रान्ति प्रतिकाे बुझाई हाेस या राष्ट्रियता काे सवालमा उहाका धारणा बुझ्न पाईयाे। केन्द्रीय समिति काे बैठकमा हुने बहसमा हमेसा आफुलाई खराे उतार्नु हुने क पाैडेल पार्टी निर्माण र एकताकाे पक्षमा सतर्कता पुर्बक प्रस्तुत हुनुहुन्थ्यो ।”दीर्घकालीन जनयुद्ध वा सहरिया जनबिद्राेह “भन्ने सवालमा असहमत् भई बिभाजित पार्टि बृहत शान्ति संझाैता पछि अगाडिको समान लक्ष्य ले एक ठाउमा ल्याएपछि काे स्थितिमा उहाले हमेसा भाबि क्रान्ति काे रुप रेखा बारे हरेक बैठकमा धारणा राखेर नेतृत्व लाई सजग बनाउनु हुन्थ्याे।
केन्द्रीय समितामा पेश हुने शैले र बिषय छनाैटका दृष्टि ले निकटा बढाएपनि त्यति धेरै नजिक बाट जान्ने माैका हामि दुबै लाई मिलेकाे थिएन।मलाई लाग्दथ्याे “नजिक बाट सहकार्य गर्न पाए हुन्थ्याे “भनेर।कमरेड किरण पार्टी बाटअलग भएपछि मलाई पार्टी ले भेरि कर्णाली काे पार्टी ईन्चार्जकाे जिम्मा दियाे। त्याे भन्दा पहिले नै केन्द्रीय समिति काे बैठक ले कमरेड पाैडेल लाई भेरि कर्णाली काे सेक्रेटरी काे जिम्मेवारी पठाई सकेकाे थियाे।
मलाई भे क काे ईन्चार्जसिव काे जिम्मा दिएपछि मैले देखेकाे सहकार्यकाे सपना पुरा भयाे। पार्टी विभाजन ले थलिएकाे भे क राज्य समिति सम्पर्क कार्यालय समेत नभएकाे कमरेड पाैडेल एकजना साथिकाे मा सामान्य खाता पाता लिएर बस्ने गर्नु हुन्थ्याे।केहि
दिनपछि आफ्नै ब्यबस्थापन गर्याैं र एकैठाउ बस्ने निधाे गर्याैं ।
फुट गुटले पिराेलिएका हामि गुटकाे अन्त भे क बाटै गर्ने अठाेट गरेर एउटै काेठामा बस्ने राति अबेरसम्म बिचार ,राजनिती ,संगठन र कम्युनिस्ट कार्यशैली बारे छलफल गर्ने हाम्राे दैनिक कार्यसुचि थियाे।याे छलफल ले एक अर्का प्रतिकाे बुझाई नजिक ल्यायाे।याे बिषयलेबिचार र संगठनकाे एकतालाई भावनात्मक एकतामा बदल्याे।
ओैपचारिक कार्यक्रममा अलि ब्याख्या गर्दै बाेल्नु हुने कमरेड पाैडेल अनाैपचारिक कार्यक्रममा कम बाेल्ने गर्नु हुन्थ्यो।साधा जिवनका पक्षधर क पाैडेल बिचारमा दृढ र ब्यबहारमा लचिलो हुनुहुन्छ।हसिलाे अनुहार र मिजासिलाे हुनुकाे साथै हरेक चुनाैति लाई नहडबडाएर सामना गर्ने क्षमता राख्नु हुन्थ्यो।हाम्राे सहकार्य सरल सहज र भावनात्मक रह्याे।हाम्राे सहकार्य भेरि कर्णाली पार्टी विस्तामा ठुलाे याेगदान रह्याे। २०७० काे दाेश्राे संविधानसभा मा सल्लाह ले कमरेड डि आर पाैडेल समानुपातिक काेटा बाट संविधानसभा सदस्य चुनिनु भयाे। संबिधान सभा सदस्य भएकाे केहि पछि उहाले शिक्षामन्त्री जस्ताे पदमा पुग्नु भाे बाैद्धिक ब्यक्ति काे रुपमा पनि चिनिने क पाैडेल ले आफ्नाे जिम्मेवारी सतर्कता पुर्बक पुरा गर्नु भाे सफल हुनु भाे।भेरी कर्णाली मा कामगरेकाे नाता ले भेरि कर्णाली मा विशेष ढंगले मन्त्री पदमा रहदा सम्वाेधन गर्नु भाे।
विश्व ब्यापार संगठनकाे आयाेजना मा सिंगापुर तिन दिने कार्यक्रम पछि फर्किने क्रममा आजैका दि ३१  गते सिंगापुर विमानस्थलमा वईटिङ स्थलमा माेवाईल हेर्दा एका एक कमरेड पाैडेकाे तस्बिर देखें।
नबुझेर लाईक र”great parson “भनेर कमेन्ट गरे।फेरि दाेह्रयाएर पढ्दा त दुर्भाग्यपूर्ण खबर रहेछ।लाईक र कमेन्ट डिलिगरि “सरि कमरेड”भनेर लेख्नु पर्याे बज्र परेझै भयाे। त्यस दिन देखि कमरेड डि आर संग सहकार्य अधुरै कमरेड काे क्रान्ति काे सपना अधुरै ,रह्याे।आज कमरेड डि आर पाैडेल काे श्रद्धाञ्जली दिन उहाका बाकि सपना साकार पार्ने प्रतिबद्धता जाहेर गराैं!
कमरेड पाैडेल-लाल सलाम
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
कालीबहादुर मल्ल -नेकपा ( माओवादी केन्द्र ) का कर्णाली प्रदेश इन्चार्ज हुनुहुन्छ ।




error: Content is protected !!