तारमा झुण्डिएका युवकको उद्धार

काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिकास्थित हाइ टेन्सन तारमा झुण्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनिबार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति ओर्लिएका थिए ।

ककनी गाउँपालिकामा अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । भर्खरै मोटरमा हालेर लगिएको छ, तामाङले भने ।





error: Content is protected !!