पुरानो रिण तिर्नले हैरान बनायो ःमुख्यमन्त्री शाही

सुर्खेत , २७ जेठ ः प्रदेश सरकार स्थापना भएदेखिको लगाएको रिण तिर्न नै हाम्रो कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।

नीति तथा कार्यक्रम माथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको उत्तर दिदै मुख्यमन्त्री शाहीले पुरानो रिण तिर्नका लागि आफ्नो दायित्व भएको बताए । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले रिण तिन हम्मे हम्मे भएको उनले बताए । अहिले बजेट असन्तुलित बजेट आउने वाला छ भन्दै मुख्यमन्त्री शाहीले भने , हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था आएको छ । भए नभएका मौलिक हकले हामी काम गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए ।

अहिले जथाभावी गरिएको नभइ यो हिजो देखि नै जथाभावी गर्न सुरु गरिएकाले अहिले सुर्धानका प्रयास गरिएका बताए । नीति तथा कार्यक्रममा भएका कुराहरु नै अबको बजेटको मुल उदेश्य हुने उनले बताए । अब कर्णालीमा घोषणा गर्नु अघि जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए ।





error: Content is protected !!