जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत , २७ जेठ ः जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अन्य ९ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९  नम्बरको जीप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जीपमा ११ जना सवार रहेका थिए ।

घाइतेहरुको अवस्था गम्भीर रहेको हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएको समेत प्रवक्ता नेपालीले बताउनुभयो ।
यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टर समेत घटनास्थलमा पुग्ने बताउनुभयो ।





error: Content is protected !!