जिससमा माओवादीको मात्रै उम्मेदवारी

सुर्खेत , २६ जेठ ः रुकुम पश्चि स्थित जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको मात्रै उम्मेदवारी परेको छ । प्रमुख, उपप्रमुख र ७ जना सदस्य पदमा माओवादीले मात्रै उम्मेदवार दिएको हो । प्रमुखमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लुम्बिनी गौतमले उम्मेदवारी दिएकी छन् । उनी आठबीसकोट नगरपालिका–१० बाट निर्वाचित वडा सदस्य हुन् ।
उपप्रमुखमा माओवादीका कर्णाली प्रदेश सदस्य देवबहादुर कामीले उम्मेदवारी दिएका छन् । उनी सानीभेरी गाउँपालिका–३, बाट निर्वाचित वडा सदस्य हुन् ।
जिल्ला समन्वय समितिको सदस्यमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतमले उम्मेदवारी दिएका छन् । मीना विक, गीताकुमारी केसी, शारदा दमाई र गीता नेपालीले पनि सदस्यमा उम्मेददवारी दिएकी छन् । १२ जना मतदाता रहेको यहाँ माओवादी केन्द्रका मात्रै ९ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ ३१ गते मतदानको मिति तोकिएको छ ।





error: Content is protected !!