यार्सागुम्वा खुल्ला नगर्दै संकलन भएको खुलासा

डाेल्पा  , १२ जेठ ः डोल्पाका बिभिन्न पाटनमा पाइने यार्सागुम्वा संकलनको लागि अनुमति नदिदै पाटनमा संकलन सुरु भएको खुलासा भएको छ ।

जेठ ११ गते मात्र पाटन खुल्ला भएपनि सो भन्दा पहिले नै यार्सागुम्वा संकलन गर्न सर्वसाधारणहरु यार्सा पाइने ठाउँमा पुगेको नलगाड नगरपालिका –७ का रामबहादुर खड्काले बताए । उनले भने ,‘हामीलाइ जेठ ११ मा खुल्छ भनेर प्रवेश शुल्क लिने काम भयो , यत्ता त सबै पाटनमा पहिले नै संकलन सुरु भइसकेको रहेछ ।’ शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज र सामुदायिक वन समुहको मिलेमत्तोमा यार्सागुम्वा संकलन पहिले नै संकलन गर्न दिएको खड्काले आरोप लगाए ।  डोल्पाकै सर्वसाधारणलाइ अनुमति नचाहिने तर बाहिरबाट संकलन गर्न गएकालाइ पुर्जी चाहिने भन्दै बाहिरबाट गएकाहरु आक्रोषित भएका छन् ।

नीतिगत कुरामा सबैलाइ अनुमतीका लागि निश्चित शुल्क तिरेर मात्र यार्सागुम्वा संकलनको गर्न पाइने व्यवस्था छ । पछिल्लो समय डोल्पामा पाइने यार्सागुम्वा संकलन कार्यमा स्थानीयको मनोमानीका कारण बाहिरबाट संकलन गर्न जानेको मनोमन समेत कम्जोर हुने गरेको बताएको छ । निकुन्ज संरक्षणका लागि बसेका कर्मचारीहरु स्थानीयसँग मिलेर फाइदा लिन व्यवस्त भएको सर्वसाधारणको आरोप छ ।

सिमित व्यक्तिको हालिमुहाली गर्नका लागि पाटन नै कव्जा गरेर बस्ने प्रवृतिका कारण बाहिरबाट यार्सा संकलन गर्न जाने सर्वसाधारणहरु मर्कामा परेको बताएका छन् । जाजरकोट , सल्यान , रुकुम पश्चिम र डोल्पा स्थाानीयबासीहरु यार्सा संकलन गर्न पाटनमा जाने गर्दछन् । निकुन्ज क्षेत्र र सामुदायिक वन भित्र यार्सागुम्वा पाइने गर्दछ ।





error: Content is protected !!