चुनावमा हराउनेकाे नामावली संकलन गर्दै कांग्रेस

नन्दा शाही

जाजरकाेट  , १२ वैशाख ः नेपाली कांग्रेस जाजरकोटले पार्टीको आधिकारिक उम्मेदवारलाइ चुनावमा हराउने शडयन्त्र गर्नेलाइ कारबाही गर्ने भएको छ ।
अनुशासन विभागका संयोजक खडकबहादुर बुढाले आन्तरिक स्कुलर गरेर सातै वटा पालिकामा पार्टीका आधिकारिक तथा गठबन्धनको आधिकारिक उम्मेदवारलाइ बिभिन्न तरिकाबाट हराउन भूमिका खेल्नेलाइ कारबाही गर्ने भनि आन्तरिक सकुलर गरेको हो । वडा स्तरबाटै बैठक बसी चुनावमा असहयोग गर्नेको नाम जिल्लामा पठाउन आग्रह गर्दै पत्र पठाएको छ । त्यस्तै नेकपा ( माओवादी केन्द्र) ले समेत पार्टी भित्र अन्तरघाट बारे छलफल सुरु गरेको छ । वडा देखि पालिका ह, प्रदेश हुँदै केन्द्रमा समेत समिक्षाको सार पठाउन माओवादीले अन्तरिक स्कुलर गरेको छ । जाजरकोटमा सबै भन्दा क्षती माओवादीलाइ भएको छ ।
माओवादीले अध्यक्ष र मेयरको उम्मेदवार पठाएको ठाउँमा कांग्रेसले सहयोग नगरेको माओवादी आरोप छ । छेडागाड नगरपालिका , कुशे र शिवालय गाउँपालिकामा अध्यक्ष र मेयर जितेको छ । माओवादीले नलगाडमा मात्र मेयर जितेको छ । छेडागाडमा उपमेयर , शिवालयमा उपाध्यक्ष , बारेकोटमा उपाध्यक्ष माओवादीले जितेको छ । बारेकोटमा गठबन्धनको तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार महेन्द्रबहादुर शाह पराजित भए । बारेकोटमा एमालेका उम्मेदवार बीरबहादुर गिरी विजयी भए ।
जुनिचाँदेमा माओवादीको तर्फबाट गठबन्धनकी अध्यक्षको उम्मेदवार शिवा आचार्यलाइ हराएर नेकपा एमालेका उम्मेदवार वेदबहादुर शाहीलाइ जिताएको थियो । भेरीमा गठबन्धनका तर्फबाट माओवादीको तर्फबाट मेयरका उम्मेदवार गगनबहादुर खड्कालाइ हराएर नेकपा एमालेका मेयरका उम्मेदवार चन्द्रप्रकास घर्तीलाइ जिताएको थियो । उममेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसको तर्फबाट सिता जैसीलाइ जिताएको छ ।
गठबन्धनलाइ सहयोग नगरी नेकपा एमालेका उम्मेदवारलाइ सहयोग गरेको माओवादी आरोप छ । माओवादीको तर्फबाट अध्यक्ष र मेयरका उम्मेदवार पराजित भएपनि यो आरोप लगाएको छ ।





error: Content is protected !!