मामा घर जाने क्रममा ढुंगा लागेर एक बालकको मृत्यु

जाजरकोट ः जिल्लाको बारेकोट गाउँपालिका –०९ सक्लामा ढुंगा लागेर एक बालकको मृत्यु भएको छ । मामा घर वडा नं ७ सुवाकोट जाने क्रममा राजु विकका २ बर्षिय छोरा रोहित विकको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजित महरले जानकारी दिए ।
महरका अनुसार, मामा घर जाने क्रममा दिउँसो करिव २ बजेतिर वडा नं ७ को रोपाछरा स्थित भीरमा बाख्राले खसालेको ढुंगा लागेर वालकको मृत्यु भएको हो ।








