जाजरकोटमा तीन जना पत्रकार वडाध्यक्षमा निर्वाचित

सुर्खेत, ६ जेठ ः जाजरकोटका तीन जना पत्रकार स्थानीय निर्वाचनमा वडाध्यक्ष /गाउँपालिकाका अध्यक्षमा विजयी भएका छन् । नेपाल प्रेस युनियनसंग आवद्ध नेपाल टेलिभिजनका जिल्ला सम्वादाता बद्री पन्त नलगाड नगरपालिका–४ को वडाध्यक्षमा विजयी भएका हुन् ।
नेपाल प्रेस सेन्टरसंग आवद्ध वसन्तप्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका–४ को अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै बारेकोट गाउँपालिकामा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा नेपाल टेलिभिजनका बीरबहादुर गिरी बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्बाचित भएका छन् । तीनै जना पत्रकार समाजसेवीका रुपमा समेच चर्चित थिए ।










