सुर्खेतमा कहाँ कस्को बर्चश्व

सुर्खेत, ४ जेठ ः सुर्खेतका नौ पालिका मध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भइरहदा कांग्रेसको वर्चश्व धेरै ठाउँमा देखिएको छ ।
२०७४ सालको निर्वाचनमबा नेपाली काँग्रेसले जितेको पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा विजय हाँसिल गर्न सफल भएको छ ।
यस अगाडी चिगांड गाउँपालिका जितेको काँग्रेसले यस पटक गुमाएको छ भने एमालेले जितेको लेकबेशी नगरपालिकामा विजय हाँसिल गर्न सफल भएको छ ।
गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा काँग्रेसले आफ्नो पुरानो वर्चस्व कायम राख्दै लेकबेशी नगरपालिका थपियो भने चिंगाड गाउँपालिका जोगाउन सकेन ।
चिंगाड गाउँपालिकामा नेकपा माओवादी र काँग्रेसबीच गठबन्धन गर्ने निर्णय भएपनि सो अनुसार काँग्रेसले वडामा उम्मेदवारी नझिक्दा र भागवण्डा मिल्न नसक्दा माओवादीले यहाँ गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो । गठबन्धनबाट माओवादी बाहिरिएपछि एमालेलाई पालिका जित्न सहज भएको कतिपयको भनाई छ ।
पञ्चपुरीमा काँग्रेसका उम्मेदवार विजयी
सुर्खेतको पश्चिम क्षेत्रमा पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार लालबीर भण्डारीले ५९०९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याए भने नेकपा माओवादीका केशबहादुर शाहीले २७८३ मत ल्याए ।
उपप्रमुखमा काँग्रेसकै मुक्तिदेवि रेग्मी विजयी भईन । उनले ६०९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी दुर्गा कुमारी जैसीले ५१६८ तथा माओवादीका नेकपा एसका कविता सोडारीले १७५२ मत ल्याईन ।
चिङ्गाडमा काँग्रेसको गढ तोडियो
चिङ्गाड गाउँपालिकामा नेपाली काँग्रेसको गढ तोड्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन् ।
मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् । जिसीले ३५९१ मत प्राप्त गर्दा शर्माले ३५३० मत पाएर पराजित भएका छन् ।
यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले ३५८१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्य पराजित भएकी छन् । भने उनले ३४६९ मत पाएकी छन् ।
गुर्भाकोटमा दोहोरिए काँग्रेसका दुवै उम्मेदवार
गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसले जीत हात पारेको छ । नेपाली काँग्रेसका निवर्तमान प्रमुख र उपप्रमुख दुवै विजयी भएका छन् ।
अघिल्लो कार्यकाल मेयर समेत रहेका हस्त पुनले ११ हजार ९७८ मत ल्याएर विजयी भएका हुन भने नेकपा एमालेका तिलकबहादुर खत्रीले १० हजार १८६ मत पाएर पराजित भए । उपप्रमुखमा काँग्रेसकै मैना विक विजयी भएकी छिन् ।
उनले ११ हजार ७४३ मत ल्याउँदा उनको निकटतम प्रतिद्धन्द्धी एमालेकी शुसिला कुमारी विश्वकर्मा नारले १० हजार २९९ मत पाइन ।
लेकबेशी एमालेबाट खोसियो
लेकबेशी नगरपालिका नेकपा एमालेको राम्रो प्रभाव क्षेत्र मानिन्थ्यो । यस अघि दुवै पदमा धेरै मनान्तरमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
नेपाली काँग्रेसका उमेश कुमार पौडेलले नेकपा एमालेका देवबहादुर रानालाई पराजित गरेका हुन । उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा एमालेका विमला खडलुक विजयी भएकी छिन भने नेकपा एकीकृत समाजवादीका देउकली थापामगर पराजित भएकी छिन् ।
बराहतालमा काँग्रेसका भण्डारी विजयी
बराहताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् । विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।









