बराहतालको अध्यक्षमा भण्डारी

सुर्खेत , ३ जेठ ः नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवार भीमबहादुर भण्डारीले ४३९७ मत प्राप्त गरी विजय भएका छन् । नेकपा एमालेका घनश्यामपाण्डेलले ३५५५ मत प्राप्त गरेर पराजित भए ।
यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् । विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।








