जाजरकोटमा अवैध काइनेट ढुंगा कारोबारी पक्राउ

जाजरकोट ः जाजरकोटबाट अवैध रुपमा काइनेट ढुंगा (पत्थर) कारोबार गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी छेडाचौर जाजरकोटबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका—१ छेडाबजारबाट जुनिचाँदे गाउँपालिका–६ गर्खाकोट बस्ने वर्ष २२ का सुरत सिंहलाई पक्राउ गरेको हो ।

उनलाई शंकाको आधारमा शरिर र साथमा बोकेको झोला चेकजाँच गर्ने क्रममा काइनेट ढुंगा फेला परेको थियो । झण्डै ९ केजी ५४५ ग्राम उक्त काइनेट ढुंगा सहित कारोबारी सिंहलाई कारबाहीका लागि खानी तथा भुगर्व विभाग अन्तर्गत भुकम्प मापन केन्द्र वीरेन्द्रनगर पठाइएको प्रहरीले बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!