सत्ता गठबन्धन भएर चुनावमा जानु नै विजयको सुरुवात ः पूर्वमन्त्री पहाडी


जाजरकोट ः पूर्वशान्ति तथा पुर्व निर्माणमन्त्री सत्य पहाडीले गठबन्धन भएर चुनावमा जानु नै विजयको सुरुवात भएको बताउनुभएको छ ।
आज गठबन्धनका उम्मेदवारहरुलाइ साँची राखेर बागी मनोनय गरेका उम्मेदवारहरु सहितको उपस्थितीमा नेतृ पहाडीले यस्तो कुरा बताउनुभएको हो । बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता सनत कार्कीले गठबन्धनको मर्म र भाव अनुसार अगाडी बढ्ने बताउनुभयो । गठबन्धन चुनाव जित्नका लागि मात्र नभइ राजनीतिक उदेश्य समेत बोकेकोले यो अन्य चुनावमा समेत अगााडी बढ्ने पूर्वमन्त्री पहाडीले बताउनुभयो ।
प्रतिगामी तत्वहरुको रुवाबासी सुरु भएको उहाँको भनाइ छ । बागी उम्मेदवारी दिएका सबैले फिर्ता लिएको बताएका छन् । नलगाडमा बागी हालेका छवि पन्त , शिवालयका गोविन्द घर्ती र भेरीबाट सनत कार्कीले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।










