निर्णयविपरीतका उम्मेदवारी तत्काल फिर्ता गराउन निर्देशन ः गठबन्धनभित्रका बाहेक अरू दलसँग तालमेल भए अविलम्ब खारेज

काठमाडौं ः पाँच दलीय गठबन्धनभित्र बागी परेको उम्मेदवार फिर्ता गराउने गठबन्धनका शीर्ष नेताहरूले निर्णय गरेको छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनको निर्णयविपरीत दिएको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो।

गठबन्धनको तर्फबाट सात बुँदे सहमति गरेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

६ महानगर र ११ उप महानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने, गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ।

गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल गर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने भएको छ।





error: Content is protected !!