पालिकाका अध्यक्ष ,नगरप्रमुख पुन ः जनप्रतिधिमा उम्मेदवारी

हेमन्त केसी
सुर्खेत /  जाजरकोटका सात पालिका मध्य पाँच पालिकाका अध्यक्षहरु पुनः अध्यक्षका उम्मेदवार भएका छन् । केहीले सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने मौका पाएका हुन् । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्य ( बस्नेत) पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

आचार्य माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षमा पुन उम्मेदवार बन्नु भएको हो भने शाह नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएको हो । सत्ता गठबन्धनको पुरै साथ र सर्पोटमा उहाँहरु उम्मेदवार बन्नु भएको हो । उहाँ दुवै यूवाहरु हुनुहुन्छ । त्यस्तै नलगाड नगरपालिका ८ का अध्यक्ष गोविन्द शाही पुन अध्यक्षका उम्मेदवार बन्नुभएको छ ।

जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्ती पुन नगरप्रमुखको उम्मेदवार बन्नु भएको छ । नेकपा एमालेको तर्फबाट उहाँ पुन उम्मेदवार बन्नु भएको हो । त्यस्तै कुशे गाउँपालिकाको अध्यक्षमा पुन हरिचन्द्र बस्नेत उम्मेदवार बन्नु भएको छ । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएको हो । अघिल्लो वर्ष पटक चुनावमा पराजित हुनुभएकी गिता सिंहले बारेकोट गाउँपालिकामा पुन उम्मेदवारी सोही पदमा दिनुभएको छ । त्यस्तै छेडागाड नगरपालिकामा नेकपा एमालेको तर्फबाट लालबहादुर महतरा पुन नगरप्रमुखको टिकट पाएर चुनावप मैदानमा होमिएका छन् ।

सर्तारुढ दलको तर्फबाट प्रमुखका उम्मेदवार रतन खड्काले उम्मेदवारी दिएका छन् । उहाँ अधिल्लो पटक पराजित हुनुभएको थियो । त्यस्तै सतारुढ दलबाट नै अघिल्लो पटक नगरप्रमुखको उम्मेदवार भएका चन्द्रबहादुर थापा यो पटक गठबन्धनबाट नगरउपप्रमखको उम्मेदवार बनेका छन् ।

त्यस्तै आठ पालिका रहेको डोल्पामा दुइ पालिकाका अध्यक्ष र उपाध्यक्षहरु पुनः सोही पदका लागि उम्मेदवारी दिनुभएको छ । मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पुन अध्यक्षको उम्मेदवार बन्नु भएको छ ।

माओवादीबाट उहाँ अध्यक्षको उम्मेदवार बन्नुभएको हो । त्यस्तै, उपाध्यक्ष, सविता कुमारी रोकाय पुनः नेकपा एमालेको तर्फबाट पुन उपाध्यक्षको उम्मेदवार बन्नु भएको छ । काइके गाउँपालिका अध्यक्ष अंकद राना हिजो नै निर्बिरोध अध्यक्ष रुपमा अध्यक्ष भइसक्नु भएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पुनः धावा सम्डुक गुरुङ हिजो नै निविरोध अध्यक्षको रुपमा चयान भइसक्नु भएको छ । जुम्लाको गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पुनः अध्यक्षको उम्मेदवारी दिनुभएको छ ।





error: Content is protected !!