कर्णालीका आठ जिल्लामा भागवण्डा ः कुन दललाई कति ?

सुर्खेत /  कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागवण्डा टुङ्गो लागेको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबारसम्म आठ जिल्लाका पालिका बाँडफाँटको टुङ्गो लगाएको हो ।

यद्यपी सुर्खेत र रुकुमपश्चिमको भागवण्डाको टुङ्गो लगाउन बाँकी नै छ । त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता काँग्रेसका उपसभापति पुर्णबहादुर खड्का र माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ । सत्ता गठबन्धनले टुङ्गो लगाएको आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख÷उपप्रमुख गरी ५१, काँग्रेसदे ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ ।उपलब्ध विवरण अनुसार डोल्पामा माओवादीले ३ प्रमुख २ उपप्रमुख, काँग्रेसले १ प्रमुख ३ उपप्रमुख समाजवादीले ४ प्रमुख ३ उपप्रमुख पाएको छ ।

जाजरकोटमा माओवादी र काँग्रेसले प्रमुख÷उपप्रमुखमा ३÷३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख भाग पाएको छ । दैलेखमा सबैभन्दा धेरै काँग्रेसले पाएको छ । काँग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ । यस्तै माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले ३ प्रमुख र दुई उपप्रमुख पाएको छ। मुगुमा माओवादीले प्रमुख÷उपप्रमुख १÷१ र काँग्रेसले २÷२ पाएको छ । एकीकृत समाजवादीले पनि १÷१ पाएको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले ५ वटा प्रमुख पाउँदा काँग्रेसले भने ३ वटामा चित्त बुझाएको छ भने समाजवादीले ३ वटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ ।

उपप्रमुख भने माओवादी र काँग्रेसले २÷२ वटा पाएका छन् । एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा काँग्रेस÷माओवादीले ४÷४ प्रमुख पाउँदा समाजवादीले दुई वटा प्रमुख र दुई वटै उपप्रमुखमा चित्त बुझाएको छ । माओवादीले उपप्रमुखमा ५ वटा पाउँदा काँग्रेसले ३ वटा पाएको छ । जुम्लामा काँग्रेसले चारवटा प्रमुख पाउँदा माओवादीले तीन वटा प्रमुख पाएको छ ।

माओवादीले पाँच वटा उपप्रमुख पाएको छ भने काँग्रेसले दुईवटामा चित्त बुझाएको छ । अन्त भन्दा केही जनमत भएको समाजवादीले जुम्लामा पनि १÷१ वटामा चित्त बुझाएको छ । माओवादीको बलियो इलाका रहेको कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ । प्रमुख ५ लिँदा उपप्रमुख ४ लिएको माओवादीले काँग्रेसलाई जम्मा २÷३ मा लगाम लगाएको छ । एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ ।





error: Content is protected !!