स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाइ कालोमोसो दल्ने विप्लव कार्यक्रता पक्राउ

जाजरकोट ः फागुन ३० गते स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाइ कार्यकक्षमा कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रताहरु पक्राउ परेका छन् । आज विहान प्रहरीले उनीहरुलाइ पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
उनको अनुसार भेरी १ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ बर्षीय डिल बहादुर राना , कुसे गाउँपालिका ५ घर भइ युवा संगठनका इन्चार्ज २६ बर्षीय गोबिन्द चन्द र भेरी नगरपालिका ७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ गरिएको हो । पक्राउ परेका हरु माथी प्रमुख जैसीलाइ बिभिन्न आरोप लगाउदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।










