गठबन्धनको बैठक निष्कर्षविहीन, मंगलबार पुनः बस्ने

काठमाडौं ः चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । नेताहरुले बैठक सकारात्मक भएको जिकिर गरेपनि कुनै ठोस सहमति भने नभएको बताएका छन् । बैठक मंगलबार पुनः बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ।










