जनतालाइ चुनावमा मात्र सम्झने हो ?

सुर्खेत / स्थानीय तहको चुनाव पछि आँगन नटेकेका नेताहरु आफ्नो आगनमा आएको देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाहीलाइ अचम्म लागेको छ । फोन गर्दा पनि रिसिभ नगर्ने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय अहिले गाउँमा आएर भोट दिन सर्मथक पठाएपछि शाहीलाइ अचम्मा लागेको छ ।
गएको स्थानीय तहको चुनावमा मुड्केचुलाबाट नेकपा (माओवादी केन्द्र)का दत्तबहादुर शाहीले रोकायलाइ झिनो मतले पराजित गरेका थिए । ंसंयोग पनि कस्तो , अघिल्लो पल्ट चुनावमा पराजित भएका रोकाय अहिले अर्को स्थानीय तहको चुनावमा उम्मेदवार भएर फेरी गाउँमा नपुग्दै एमालेका कार्यक्रताहरु परिचालित भएर भारत गएका आफन्तको घरमा गएर भोट दिन र छोरा भारतबाट बोलाउ भन्दै घर मुलीलाइ अराउदा अचम्मा परेको बताउनुभयो । चुनावमा पराजित भएदेखि अनुहार नदेखाएका रोकाय र उनका सामर्थक फेरी उम्मेदार बनेर आएको भन्दै भोट माग्न घर दैलोमा पुगेका छन् ।
त्रिबेणी इल बीचको बोटो निर्माण गर्दा वडाध्यक्षको कृत्य सिफारिस लिएर विवादमा तानिएपछि समस्यामा परेका रोकाय अहिले नेकपा एमाले डोल्पाका सचिव छन् ।

उनी आफैमा निर्माण व्यवसायी पनि हुन् । चुनाव हारेपछि गाउँमा कहिले नआएका रोकाय एकै पटक उम्मेदवार बनेर गाउँ , गाउँमा केही कार्यक्रता परिचालन गरी भोट माग्दा आफूहरु चकित परेको नर्कुका अर्का सर्मलाल शाहीले बताए । चुनाव हारेपनि हाम्रो घर दैलोमा आएर नियमित सम्पर्कमा रहनु पथ्यो तर रोकायको त्यस्तो गरेनन् , शाहीले भने । रोकाय अहिलेका बहालवाला अध्यक्ष भन्दा तीन भोटले मात्र परिजित भएका थिए । एमाले र माओवादीको कडा टक्करका बीचमा माओवादीका अध्यक्षमा दत्तबहादुर शाही जितेका थिए भने उपाध्यक्ष एमालेका सविता रोकायले जितेककी थिइन ।

अन्य बहुमत वडासमेत एमालले नै जितेको थियो । तेस्रोमा भएको कांग्रेसका नेता कार्यक्रताहरु पनि गाउँमा बल्ल देखिन थालेको अर्का स्थानीय सोमराज शाहीले बताए । चुनाव हार्न वित्तिकै ठाउँ नै छोडेर भाग्ने फेरी उम्मेदवार बनेपछि समर्थक बीचमा गाउँ आएर हल्ला गर्ने तरिकाले गर्दा जनता भोट बैंक मात्र भएको जस्तो ठानेका हुन कि भन्ने हामीलाइ लागेको शाहीले बताए । अहिलेका बहालवाला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले चुनावमा गरेको अधिकांश प्रतिवद्धता पुरा गरेको जस्तो देखिएको इलका मायादेबी सिंहले बताइन् । उनी सधैं जनताको घरदैलोमा पुग्ने गरेको बताइन् । उमेरले पनि ३५ नकाटेको व्यक्ति , यूवा भएर पनि होला सबै ठाउँमा पुगेको देखिन्छ सिंहले भनिन् । उसो त गाउँपालिकाकी उपाध्यक्ष सविता रोकाय पनि जनताको घर दैलोमा पुगेर समस्या बुझने गदै आएकी थिइन ।
एक वर्षकी छोरी च्यापेर रोकाय जनताको घर दैलोमा पुग्ने गरेको सिंहले बताइन् । अरु समय भरी ठेक्कामै रमाउने , जनताको घर दैलोमा पाइला नटेक्ने चुनाव आएपछि भारत गएका , विदेश गएकालाइ बोलाउदै भन्दै अनुरोध गरेपछि राजनीतिक दलहरुको प्रयोगको साधन बनाउन खोजेको भन्दै आफूहरु रिस उठेको सुर्खेत सिम्ता गाउँपालिका गोजीका राम केसीले बताए । गठबन्धनवाला दलहरु सुरुमा गाउँमा आएपनि अहिले सुस्त भएको तर नेकपा एमालेका नेता कार्यक्रताहरु सबैको घरमा पुगेर भोट दिन आग्रह गर्दा भारत पुगेका व्यक्तिलाइ समेत भाडा हालेर ल्याउने भन्दै दबाब दिन थालेको केसीले बताए । सिम्तामा नेकपा एमालेले जितेको छ ।

अन्य दल भन्दा एमालेको चुनावी रणनीति आक्रामक भएको केसीले बताए । नेकपा एमालेले अधिकांश ४० प्रतिशत उम्मेदवार टुंगो लगाएपछि प्रचारमा समेत आक्रमक भएर अगाडी बढेको छ । जितेको स्थानीय तहमा भन्दा पराजित भएको स्थानीय तहमा नेकपा एमालेले चुनावी गतिबिधि तिब्र बनाएको छ । त्यस्तै आफूले हारेको ठाउँमा कांग्रेस र माआवादीले पनि गतिबिधि तिब्र बनाएको छ । सर्वसाधारणहरु भने चुनावमा हारेपछि गाउँमा पाइला नटेक्नेहरु फेरी अर्को चुनाव आउदा मात्र जुरमुराउदा अचम्म लागेको बताउँछन् । जातीवाद , नातावाद सबै लगाउने गरेको स्थानीयबासीहरु बताउछन् ।
भेटन आउने कुनै व्यक्तिले पनि रोजगारीको कुरा , विकासका कुरा भन्दा पनि एकले अर्कालाइ गाली मात्र गरेर दिन कटाउदा आफूहरु दिक्क भएको स्थानीयबासीहरुको भनाइ छ । अस्वाथ्यकर प्रतिस्पार्धाका कारण गाउँ नै विभाजन गराउने , इष्टमित्र विभाजन गराउने राजनीति नभएकै राम्रो भन्दै अधिकांशले आक्रोष समेत पोख्ने गरेका छन् ।










