चुनावमा हराउन र जिताउन भन्दापनि राजनीतिक मोर्चा बन्दी हो ः शक्ति बस्नेत

काठमाडौँ ः राजनीतिक मुल्यका आधारित भइ बनेको गठबन्धन भएकाले सजिलै टुटने भन्ने कुरा सपना भएको माओवादी नेता शक्तिबहादुर बस्नेतले बताए । स्थानीय तह पनि संयुक्त सरकार बनाउनु पर्छ भनेर गरिएको हो त्यसैले कसैले चाहना राख्दैमा भत्किने भन्ने हुँदैन उनले थपे । स्वार्थ केन्द्रीत गठबन्धन नभइ राजनीतिक मुल्यका आधारमा बनेको सरकार तथा गठबन्धन भएकाले हामी सहमतीमै अगाडी बढ्छौँ उनले भने ।
संविधानको रक्षा , लोकतन्त्रको रक्षा लगाएतका मुद्धाले हामी एक ठाउँमा आएको हो त्यसैले एकता र संर्घषकै बीचबाट अगाडी बढीरहेका छौँ नेता बस्नेतले दावी गरे । राजनीतिक मोर्चाबन्दी भएकाले यो आफ्नो लक्ष्यमा अगााडी बढ्छ नेता बस्नेतले बताए । स्वास्थ्य र निष्पक्ष प्रतिस्पर्धा पनि हुन सक्छ पनि भनिरहेको छौँ ,त्यो पनि छलफलको एक पाटो भएको बस्नेतले बताए । माओवादी र कांग्रेस पहिलो दल भएको ठाउँमा सामान्य प्रतिस्पर्धा र सहमती दुनै हुन सक्छ उनले भने । यो गर्दा केन्द्रसँग सहमती वा अनुमती लिनुपर्ने उनले बताए । अहिले सम्मा सबै दावी आएका छन् तर त्यसलाइ सहमतीमा जाने कुरा नै मुख्य हो उनले भने ।
जवरजस्त गठबन्धन र जवजस्त आस्वस्त पार्नुपर्ने कारण नभएको उनले बताए । वामलोकतान्त्रिक र दक्षिणपन्थी गठबन्धन यो देशमा रहेका छन् । वाम लोकतान्त्रिक गठबन्धले संविधानको रक्षा गदै समतामुलक समाजको निर्माणमा जोड दिन्छ भने अर्के शक्तिले यसको विरोधमा रहेको छ । नेकपा एमालेका ८० प्रतिशत कार्यक्रताहरु यो लोकतन्त्रको पक्षमा , संविधानको पक्षमा रहेको पाइएको छ तर नेतृत्वको छायाले गर्दा लिन सक्नु भएको छैन बस्नेतले भने ।वाम एकता गर्नका लागि संविधानमा माथि बन्चरो लगाएको छ त्यो विषयमा आत्मआलोचना गर्नुपर्छ , दक्षिणपन्थीसँग गरिएको एकता छाडेमा मात्र वाम एकता सम्भव रहेको उनले बताए ।










