सबैको आँखा सदरमुकाममा ः उम्मेदवार नै भागबण्डामा बसेपछि मिल्दैनन कुरा

हेमन्त केसी
सुर्खेत /  नेकपा एमालले भकाभक उम्मेदवारको टुंगो लगाएको जानकारी आइरहदा सत्ता गठबन्धनसँग आवद्ध दलहरुको बीचमा सहमति हुन अझै सकेको छैन । सबैले ठुलो भाग खोजेपछि सहमति हुन नसकेको वार्तामा सहभागीहरुले बताएका छन् ।
१० जिल्लामा भएको छलफलमा कुनै फलदायी कुराको निकास नआएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । सबै जिल्लाबाट रिर्पोट आएको छ तर सहमती भन्दा विमतीकोकै रिर्पोट बढी आएकाले अहिले पार्टीका प्रदेश अध्यक्ष विमला केसी सँग छलफल हुँदैछ मल्लले भने । रिर्पोट जे आएपनि प्रदेशबाट सहमती गरेर केन्द्रमा वैशाख ५ गते सम्मा रिर्पोट पठाउने काम हुनेछ उनले थपे । आज नै नेकपा (एकीकृत समाजबादी ) सँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियात भन्दा ठुलो भाग खोजेपछि सहमती हुन नसकेको नेताहरुले बताएका छन् ।

रुकुम पश्चिममा कुनै पालिका नजितेको कांग्रेसले तीन ६ पालिका मध्य ३ पालिका सहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमती हुन नसकेको माओवादीका एक नेताले बताए । सदरमुकाम मुसीकोट त बटम लाइन नै कांग्रेसले बनाउदा झन विमती भएको छ । त्यस्तै डोल्पामा समेत एक पालिकामा जित हात नपारेको कांग्रेसले सदरमुकाम सहित तीन पालिका मागेपछि सहमती हुन नसकेको भन्दै प्रदेशमा जानकारी गराएको छ । जाजरकोटबाट सत्तासिन दलहरुले जितेको ठाउँमा सुरक्षित गर्दै नेकपा एमालले जितेको ठाउँमा मात्र भागबण्डा गर्ने सहमती सहितको पत्र प्रदेशमा पठाएको जिल्ला माओवादी जिल्ला इन्चार्ज गगनबहादुर खड्काले बताए । उनका अनुसार सदरमुकाम नै सबैको प्रतिष्ठाको विषय बन्दा सहमती ठोस सहमती हुन सकेको छैन ।

सदरमुकाममा नेकपा एमालेले जितेका कारण त्यहाँ आफूले पाउनुपर्ने माग एसको रहेको छ । सल्यानमा समेत सदरमुकाम नै प्रतिष्ठाको विषय बनेको छ । केन्द्रबाट गरिएको सकुलर भन्दा बाहिर गएर छलफल गर्न थालेपछि सहमती हुन नसकेको बताइएको छ । सहमतीको लागि हुने गरेको बार्तामा उम्मेदवारका आंकाक्षी नै बस्ने भएकाले सहमती हुन नसकेको स्रोतको दावी छ । कालीकोटमा पुर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा समेत भाग बण्डा मिलेको छैन । पुर्वमन्त्री नरेश भण्डारीको क्षेत्र जुम्लामा पनि अहिले सम्मा कुरा मिल्न नसकेको बताएको छ ।

पालिका स्तरबाट वार्तामा बसेका नेताहरुलाइ दबाब दिनका लागि राजिनामा देखि गठबन्धन नमान्ने भन्दै भकाभक निर्णयहरु सार्वजनिक गरेर टिकट आफ्नो पोल्टामा पार्नका लागि बिधिहरु अपनाएको देखिन्छ । जिल्लाबाट आएको रिर्पोटको विषयमा आज प्रदेशमा बसेर निर्णयक छलफल गर्न लागेको नेकपा (माअ‍ेवादी केन्द्र) की प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७१८ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठूलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ । यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ । माओवादी केन्द्रका प्रमुख÷उपप्रमुख गरी ५२ जना छन् ।

एमालेका ४५, काँग्रेस​का ४१ प्रमुख÷उपप्रमुख छन् । त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा ९एकीकृत समाजवादी० का १७ जना प्रमुख÷उपप्रमुख छन् । स्वतन्त्रबाट निर्वाचित प्रमुखरउपप्रमुखको संख्या पाँच रहेको छ ।

प्रदेशस्थित सत्ता साझेदार पाँच दलले केन्द्रको निर्देशन अनुसार २०७४ को यही मतभारलाई मुख्य आधार बनाई चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका हुन । एमाले भने उम्मेदवार छनौट र सिफारिसमा व्यस्त छ । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले ९ स्थानीय तहको प्रमुख÷उपप्रमुखको टुङ्गो लगाइसकेका छन् ।

“कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुंगो लगाइएको छ, स्थानीय कमिटीले टुंगो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुंगो लगाउनेछ,” प्रदेश अध्यक्ष शाहले भने, “उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौं ।”

हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकांक्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।

एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा बीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुखमा चन्द्रप्रकाश घर्ती, कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाय, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भएका छन् ।





error: Content is protected !!