कर्णालीमा कति दल र मतदाता चुनावमा सहभागी हुँदैछन् त ?

हेमन्त केसी
सुर्खेत ,  धिमा गतीमा विकास निर्माण भएकै कारण पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आशन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्य समेत कम देखिएको छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्य कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।

रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए । उल्लेखित दलहरुले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने छन् । बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ । डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् ।
सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्य ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको संख्या ४९ हजार ९ , पुरुषको संख्या ५४ हजार ८ सय ५८ रहेको छ । त्यस्तै दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ ।
कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ । ९ लाख ८ हजार ४३३ जनाले आशन्न चुनावमा मतदान गर्न पाउने निर्बाचन कार्यालयहरुले जानकारी दिएक छन् । जुम्लामा , हुम्लामा र कालीकोटको मतदाता संख्या प्रदेश निर्बाचन कार्यालयको वयभसाइटमा राखिएको छैन ।





error: Content is protected !!