विप्लव समूह परित्याग गर्दै दर्जनौं नेता माओवादी प्रवेश ‍(सूचीसहित)

काठमाडौं ः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छ्न्।

खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरू, संविधानसभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरू त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागि परेको बताए।

विप्लव समूह परित्याग गर्ने नेताहरू

क- श्रवण,
क- मुक्ति,
क- राप्ती,
क- पुकार, पूर्व जिल्ला इन्चार्ज तथा ब्यूरो सदस्य
क- पर्वत, घाइते अपांग योद्धा संघ
क- आवश्यकता, पूर्व ब्यूरो सदस्य तथा संविधानसभा सदस्य
क- क्षितिज, पूर्व ब्यूरो सदस्य
क- बिहानी, पूर्व बटालियन कमाण्डर
क- करण, पूर्व कम्पनी कमाण्डर
क- सोपान, पूर्व कम्पनी कमाण्डर
क- रविन, पूर्व कम्पनी कमाण्डर
क- जनक सिंह, वकिल
क- दोभान, पूर्व ब्यूरो सदस्य
क- मोहित, पूर्व कम्पनी कमाण्डर
क- कृष्ण विक‚ पूर्व अध्यक्ष दलित मोर्चा
क- रणबहादुर भण्डारी‚ शिक्षक संगठन
क- दीपक भण्डारी‚ पूर्व के।स। अखिल क्रान्तिकारी
क- तुफान‚ पूर्व कम्पनी भिसी
क- भक्त वयक‚ जिल्ला सदस्य पार्टी
क- संगम‚ पूर्व कम्पनी भिसी
क- राजकुमार‚ पूर्व कम्पनी भिसी
क- विष्णु तिमिल्सिना‚ पूर्व प्लाटुन कमाण्डर
क- सर्वजित रावल‚ पूर्व प्लाटुन कमाण्डर
क- ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्य
ईश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राजबहादुर बुढा
क-बुद्ध गुरुङ‚ पूर्व जिल्ला सदस्य धादिङ
क- चेरोङ तामाङ‚ रसुवा पूर्व जिल्ला सदस्य
क- देव तामा विशेष फोर्स सदस्य
ज्ञानु बम‚ नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य
हरि नेपाली केन्द्रीय सदस्य





error: Content is protected !!