कर्णालीमा सत्तारुढ दल निर्णयक छलफलमा

सुर्खेत , २ वैशाख ः सत्तारुढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् । कर्णालीका सबै जिल्लामा आज गठबन्धनको वैठक सुरु भएको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

डोल्पा लगाएत अन्य केही जिल्लामा समस्य भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए । रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नु अघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्य देखिएको छ । सवै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दश शर्माको क्षेत्र भएकाले बल मिल्याइ गरेको अन्य सत्तारुढ दलको आरोप छ । आरोपकै बीचमा अहिले गठनबन्धनको छलफल चलिरहेको छ । त्यहाँको समस्या र पार्टीको अन्तरिक परिपत्रका विषयमा नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष विमला केसी रुकुम पश्चिममा जानुभएको छ ।

इन्चार्ज कालीबहादुर मल्ल जाजरकोटमा रहेको छन् । पुर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटमा रहेका छन् । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीछिरीङ डम्डुल लामा (कार्चेन) हुम्लामा रहेका छन् । कांग्रेस नेताहरुले आज विहान सम्मा आफ्नो दल भित्र आन्तरिक तयारी गरेर मात्र अहिले गठबन्धनको बैठकमा सहभागी भएको जाजरकोट कांग्रेस सभापति बेदराज सिंहले बताए । कांग्रेसका केन्द्रीय स्तरका नेताहरु जिल्ला , जिल्लामा खटिएका छन् । केन्द्रीय स्कुलर अनुसार नै मतभारका साथै अन्य कुराहरु हेरेर छलफल सुरु भएको उनले बताए ।

प्रतिपक्ष दल नेकपा एमालले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको बताएको छ । बाँकी ठाउँमा गृहकार्य भइरहेको नेता यमलाल कंडेलले बताए । भोली अर्थात बैशाख ३ गते भित्र जिल्लाले सहमति गरेर प्रदेशमा सहमतीको खाका पठाउने छन् । जिल्लाले पठाएको सहमतिको खाका प्रदेशले अध्ययन गरेर बैशाख ५ गते भित्र केन्द्रमा पठाउने निर्णय गठबन्धन भित्र म्यान्डेट रहेको छ ।





error: Content is protected !!