नलगाडमा आज मिडिय बिकास बहस

जाजरकोट ः प्रेस सेन्टर नेपाल , जाजरकोटको आयोजनामा आज नलगाड नगरपालिकामा मिडिया विकास बहस हुन लागेको छ । २०० वाटको रेडियो स्थापना गरी प्रशारणको अन्तिम तयारीमा रहेको नलगाडमा जिल्ला पहिलो पटक मिडिया विकास बहस सुरु हुन लागेको अध्यक्ष लोकेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो ।
मिडिया सम्वन्धी बहस सदरमुकाम बाहिर र जिल्लाकै पहिलो रहेको छ । यो भन्दा अगाडी प्रेस सेन्टरले नलगाडमै जिल्ला अधिवेशन गराएको थियो ।



