बुहप्राविधिक शिक्षालयका विद्यार्थीको गुनासो सुन्दै पुर्व गृहमन्त्री बस्नेत

जाजरकोट ः प्रतिनिधिसभा सदस्य तथा पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाको काफलचौरमा रहेको बहुप्राविधिक शिक्षालयको संरचना निरीक्षणका साथै विद्यार्थीहरुका गुनासा समेत सुन्नु भएको छ ।

विद्यार्थीलाइ गुपमा राखेर परेका पीर मर्का र बाध्यता अनि पढाइको अवस्था बारेमा जानकारी लिनुभएको उहाँका स्वकीय सचिव देवराज बोहराले जानकारी दिनुभयो । सुरुमा खाली चौरमा पढाइ सुरु गरेको शिक्षालयले तत्काल ५ करोडको ठेक्कामा भवनको काम जारी राखेको र आगामी वर्षमा २० करोडको काम गर्ने योजना रहेको पुर्वमन्त्री बस्नेतले जानकारी दिनुभयो ।

पुर्वमन्त्री बस्नेतको पहलमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काम गरिरहेको शिक्षालयले जनाएको छ । विद्यालयमै गएर पुर्वमन्त्री सँग खुलेरै कुरा राख्न पाउदा आफूहरु निकै खुसी भएको विद्यार्थीहरुले बताएका छन् । आज नै पुर्वमन्त्री बस्नेतद्धारा नलगाड नगरपालिकाको प्रशासकीय भवन उद्घाटन हुने छ ।





error: Content is protected !!