नलगाड नगरपालिकाको आफ्नै भवन उद्घाटन

सञ्जय केसी
जाजरकोट ः नलगाड नगरपालिकाले आज आफ्नै भवन उद्घाटन गर्दै छ । सबै वडाहरुमा वडा कार्यालय निर्माण गरी उद्घाटन गर्ने क्रम्मा आज प्रशासकीय भवन उद्घाटन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो ।

पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले उक्त भवनको उद्घाटन गर्नुहुने अधिकृत गिरीले बताउनुभयो । आफ्नै भवन उद्घाटन गर्नेमा नलगाड तेस्रो नम्वरमा पर्दछ । कुशे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हँुदा कुशेको भवन बनाउन भूमिका खेलेको अधिकृत गिरीले नलगाड आउदा भारी ताकेताका बीचमा आज उद्घाटन गराउन सफल हुनु भएको छ ।

जिल्लाको अन्य पालिका भन्दा आफ्नो पालिका अब्बल बनाउने कुरामा आफू लगाएत सबै टिम भारी मेहनतका साथ लागेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । ४१७ मेघवाटको जलविद्युत आयोजनाको उत्पादत गृह समेत रहने यहाँ अरु भन्दा भिन्न रुपमा लिइएको छ ।





error: Content is protected !!