मन्त्री सिंहद्धारा दर्जन योजनाको अनुगमण

जाजरकोट /  कर्णाली प्रदेशका जलस्रोत तथा उर्जाविकास मन्त्री गणेशप्रसाद सिंहले दर्जनौ योजनाहरुको अनुगमण ,निरीक्षण गर्नुभएको छ ।

जाजरकोटको उत्तरपुर्वी क्षेत्रको कुशे गाउँपालिका , भेरी नगरपालिका भित्रका दर्जन योजनाको निरीक्षण गर्नुभएको हो । योजनाहरुको सदुपयोग तथा कामको परिणाको विषयमा समेत अन्तक्रिया गरिएको मन्त्री सिंहले जानकारी दिनुभयो । प्रदेश सरकारबाट जिल्लामा गएका योजनहरुको काम छिटो ,छरितो गरी परिणाममुखी बन्न समेत मन्त्री सिंहले निर्देशन दिनुभएको छ ।

अनुगमणमा रहेका मन्त्री सिंहलाइ स्थानीयबासीले आफ्ना समस्यको बारेमा अवगत गराएको थिए । खानेपानी ,सिँचाइ , तार जाली र विद्युतीकरणमा आएका समस्या बारेमा समेत गुनासा सुनाएको भेरी नगरपालिका –५ का रनजक नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो , ‘ मन्त्री सिंह सँग हामीले खुलेर कुरा राखेका छौँ , केही मागहरु समेत राखेको अवस्था छ । आशा छ ति गुनासाहरुको सम्वोधन होला ।’

त्यस्तै पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले समेत जिल्लामा भएका विकास निर्माणका कुराहरुको निरीक्षण गर्नुभएको छ । भएको कामको मापदण्ड , अवस्था हेरेर नयाँ बजेट समावेश गर्न सकिने ठाउँको स्थलगत अनुगमण समेत गरिएको पुर्वमन्त्री बस्नेतले बताउनुभयो ।
पाँचकाटिया ब्याउली ढुंगा सडकको बजेट बिनियोजनसँगै भएको कामको स्थलगत अनुगमण समेत गरिएको छ ।





error: Content is protected !!