गाउँमा गएर भाषण दिने यूवा ः काम नगर्ने ठेकेदार नेता बारे किन बोल्दैनन्
जाजरकोट , ५ चैत ः कर्णालीका अधिकांश जिल्लामा स्थानीय चुनावको लागि सरगर्मी बढीरहेको छ । चुनावी कार्यक्रममा अधिकांश यूवाहरु नै अग्रपंक्तीमा देखिन्छन् । सबै भन्दा बढी जाजरकोटमा चुनावी बहस र छलफल सुरु भएको छ । गाउँ , गाउँमा प्रवेश गर्ने र गराउनेको ठुलो भिड बढीरहेको छ । यूवाहरु एकले अर्को दललाइ आरोप , प्रतिआरोप लगाउन समय खर्चिरहेका छन् ।
नेपाली कांग्रेस ,जाजरकोटमा अधिकांश यूवाहरु गाउँ , गाउँमा पुगेर चुनावी नाराहरु लगाएर भाषण दिइरहेका छन् । नेकपा ( माओवादी केन्द्र) संवद्ध पाका नेताहरुको ठुलो समुह गाउँ , गाउँमा पसेको देखिन्छ । नेकपा एकीकृत समाजबादीले पनि गाउँ , गाउँमा प्रचारलाइ तिव्रता दिएको छ । त्यस्तै प्रतिपक्ष दल नेकपा एमाले पनि विभाजनसँगै गाउँ , गाउँमा पुगेको छ । तर कांग्रेस र माओवादी जस्तो अक्रामक रणनीति एमालेमा देखिदैन । अधिकांश युवाहरुले एकले अर्कालाइ आरोप लगाइरहदा विकास निर्माणमा ठेक्का लिएर बीचमै छोड्ने नेता ठेकेदार प्रति एक शव्द खर्च गरेको सुनिदैन । यो ठेक्का लिनेमा सबै भन्दा बढी नेपाली कांग्रेस निकट निर्माण व्यवसायी छन् । कांग्रेस निकट निर्माण व्यवसायी कांग्रेसको ठुलै पदमा समेत कार्यरत छन् । तर यूवाहरु भने त्यो बारेमा चुइक्क समेत बोल्दैनन् ।
४ वर्ष जाजरकोटको पुर्वी क्षेत्रमा विद्युतीकरणको ठेक्का लिएर अलपत्र पर्ने नेपाली कांग्रेस जाजरकोटका उपाध्यक्ष तेजविक्रम शाह , नलगाड नगरपालिका ८ का वडाध्यक्ष गोविन्द शाहीको विषयमा एक शव्द यूवाहरुले खर्च गरेको नसुनिएका स्थानीयबासीहरु बताउँछन् । केही यूवा नेताहरु संघ संस्थामा जागिर खाएर पदमा बहाल हुुँदै गर्दा दलको प्रचारमा हिडेर खुल्याम भाषण दिइरहेका छन् ।
त्यस्तै डोल्पा कांग्रेस सभापति दिपेन्द्र शाहीले खोटाङमा मध्यपहाडी लोकमार्ग अन्तरर्गत सिखुवा चखेवा भन्ज्याग र मौरी देखि राजापानीको सिमपानी सम्माको ठेक्का लिएर अलपत्र पारेको पाइएको छ । आफ्नै दलका नेताहरुले काम नगर्दा चुइक्क बोल्न नसक्ने तर जनताको अगाडी अर्को दललाइ आरोप र प्रतिआरोप लगाइ पानी माथिको ओभानु बन्नु खोज्नु कतिको नैतिकता छ भन्दै प्रश्न उठिरहेका छन् ।