संसद्बाट महाभियोग सिफारिस समिति गठन, एमाले पनि सहभागी
काठमाडौं ः प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमा सिफारिस समिति गठन गरिएको छ।
कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिअनुसार ११ सदस्यीय समिति गठन गरेको हो।
सिफारिस समितिले कम्तीमा ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। प्रधानन्यायाधीशविरुद्ध फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले महाभियोग दर्ता गराएका थिए।
महाअभियोग सिफारिस समितिमा कुन पार्टीबाट को को ?
एमाले
१ विष्णु पौडेल
२ लालबाबु पण्डित
३ शिवमाया तुम्बाहाम्फे
४ कृष्णभक्त पोखरेल
कांग्रेस
५ मीनबहादुर विक
६ रामबहादुर विष्ट
माओवादी
७ यशोदा सुवेदी
८ रेखा शर्मा
नेकपा समाजवादी
९ कल्याणी खड्का
लोसपा
१० एकवाल मियाँ
जसपा
११ प्रमोद साह