विकास साझेदार निकायलाइ समन्वय गर्न आग्रह
हेमन्त केसी
सुर्खेत , २२ फागुन ः संघ र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझदार निकायलाइ प्रदेशमा पनि सहकार्य गर्न आग्रह गरिएको छ ।
तीन तहका सरकार मध्य प्रदेश सरकारसँग सहकार्य नहुँदा विकास निर्माणमा डुव्लिकेशन हुन सक्ने भन्दै विकास साझेदार दातृनिकायका प्रतिनिधिलाइ सहकार्य गर्न आग्रह गरिएको जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो । मन्त्रालयमा सबै प्रदेशका विकास साझेदार एनजिऔ , आइएनजिऔलाइ बोलाएर छलफल गदै सहकार्य गरेर अगाडी बढ्न आग्रह गरिएको मन्त्री सिंहले बताउनुभयो ।
आफूले उठाएको कुरामा विकास साझेदार निकायका प्रतिनिधिहरु समेत सहमत भएको उहाँले बताउनुभयो । खानेपानी ,सरसफाइ , ढल विकास तथा अन्य आफ्नो मन्त्रलयसँग सरोकार राख्ने सबै निकायलाइ सहकार्य गरी काम गर्न आग्रह गरिएको छ । कसले कहाँ , कति खर्च गरिरहेको छ भन्ने एकिन जानकारी नहुदा समस्या भएको भन्दै सबैलाइ एकै ठाउँमा ल्याएर कामको बर्गीकरण गरी युद्धस्तरमा लागेमा मात्र परिणाम आउने कुरामा सबै सहमत भएको सुआहाराका राजु चौधरीले बताउनुभयो ।
मन्त्री ज्यूले उठाएको कुरामा हामी सबै सहमत भएका छौँ अहिले सम्मा प्रदेश सँग सहकार्य नगर्नु गलत भएको भन्दै अब सहकार्यबाट अगाडी बढ्ने कुराम एक मत भएको किर्डाकका नविन शाहीले बताउनुभयो । मन्त्री सिंहसँग झण्डै १३ वटा दातृनिकायका प्रतिनिधिहरुले छलफल गरेका थिए ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा निमित सचिव गोपाल शर्माले विकास साझेदार निकायसँग लगानीको मार्ग ठुलो भएकोले सबै निकाय सहकार्य गरेर गए लक्ष्यमा छिटो पुगिने बताउनुभयो । विकास साझेदार निकायले कर्णाली प्रदेशमा गरेको लगानी प्रदेशको रातो कितावमा उल्लेख नभएको पाइएको छ ।