रुसविरुद्ध राष्ट्रसंघको महासभामा नेपालको मतदान

काठमाडौं ः संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ। ​ युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा मत दिएको हो।

प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिएका हुन्। पाँच देशले विपक्षमा मतदान गर्दा भारत र चीनसहित ३४ मुलुक तटस्थ बसेका छन्। रुसका पक्षमा रुससहित उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले भोट हालेका थिए।

योसँगै महासभाले रुसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ।

१ सय ९३ राष्ट्र राष्ट्रसंघमा सदस्य छन्। यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो।

यस्तै राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए। नेपा सुरक्षा परिषद्‍मा छैन।





error: Content is protected !!