सोलार मिनिग्रेट- नायकबाडामा सौर्य विद्युत

हेमन्त केसी
जाजरकोट , १९ फागुन ः बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका –५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ ।
४१७ घरधुरीलाइ पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ वत्ती दिने उदेश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गर्दै ठाउँ अनुसार यस्ता खालका योजनाहरु अगाडी बढाइने बताउनुभयो । उनले भने , ‘ बत्ती बाल्ने मात्र नभइ कुटानी ,पिसानीको काम समेत यही पावरबाट हुनेछ , तपाइको दुख नै हाम्रो दुख हो । हामी दुखसुखका साथी पनि भएको भरोसा दिलाउन चाहान्छु ।’
जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तर पुर्वमा रहेको यो तोलखाना , नायकबाडा, पाखा लगाएतका गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि स्थानीयबासीहरु खुसी भएको स्थानीयबासी खड्कविक्रम शाहीले बताउनुभयो । उनले भने ,‘ हाम्रो भरोसा र आशाको दियो जसलाइ हामीले भोट हालेर विजयी गराएका छौँ उहाँले नै हामीलाइ विकास निर्माणका साथै सौर्य उर्जा समेत दिनुभयो । हामी खुसी छौँ ।’
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाइ उज्यालो पुर्याउने अर्थका साथ काम गरिरहेको बताउनुभयो । हामीले तीन तहकै सरकारसँग सहकार्य गदै विकास निर्माणका कामलाइ तिव्रता दिएको जानकारी दिनुभयो । कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत आयोजनाको अवस्थाका बारेमा हप्ता दिन भित्र रिर्पोट पेश गर्न निर्देशन दिनुभएका मन्त्री सिंहले कर्णालीमा विद्युतको समस्य भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए ।
नलगाड जलविद्युत आयोजना ४१७ मेघावाटको निर्माणका लागि ड्याम स्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाइ सबैलाइ अध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनाहरु समेत निर्माण कार्य थालिएको उनले बताए।



