खेलकुद विकासका लागि चन्दननाथ गणद्धार खेलकुदको आयोजना

जाजरकोट ः“महाशिवरात्री तथा नेपाली सेना दिवश–२०७८“ अवसरमा चन्दननाथ गण र जाजरकोट जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नेपाली सेनाले आफ्नो दिवसको अवसर पारेर मिति फागुन १४ गतेदेखि १६ गतेसम्म खेलकुद प्रतियोगिता गरेको थियो ।
जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन डवल्स (पुरुष) प्रतियोगितामा उक्त प्रतियोगितामा १४ वटा टिम सहभागी रहेका थिए । प्रथम सो प्रतियोगितामा निराजनविक्रम शाही र उमेश चन्द ठकुरीको टिम प्रथम स्थान हासिल गरी रु २० हजार रकम हासिल गरेका छन् । द्वितिय हुनेमा सेनानी दिपेन्द्र कार्की र राजु भडेलले टिमले रु १५ हजार रकम पुरस्कार पाएको छ ।
त्यस्तै तृतियः सिताराम वली , पुर्ण कार्की , नन्द वि.क. र राजकुमार चौधरी ५ हजार राशीको पुरस्कार पाएका छन् ।
सेना दिवशकै अवसरमा फागुन १७ गते १० किलोमिटर र ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताहरु संचालन भएको छ । १० किलोमिटर खुल्ला दौड (पुरुष) र ५ किलोमिटर खुल्ला (महिला) तथा ५ किलोमिटर बिद्यालयका छात्र तथा छात्रातर्फ छुट्टाछुट्टै संचालन गरिएको थियो ।
सबै प्रतियागिता मध्यबाट विजयी हुनेलाइ पुरस्कार उपलब्ध गराएको थियो । खेलप्रति माया र विकासको लागि नेपाली सेनाले यो प्रतियोगिता गरिएको सेनाले बताएको छ ।



