यी युवतीले दिन्छिन् गर्लफ्रेण्ड बनाउने तालिम, शुल्क १ घण्टाको ५० हजार १

काठमाडौं ः भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भर्खरै सकिएको छ । प्रणय दिवसमा दम्पत्ति तथा प्रेमजोडीहरुले एक अर्कालाई मन फुकाएर उपहार दिए र प्रेम प्रकट गरे । यद्यपि धेरै मानिस यस्ता पनि रहे जसको जोडी छैन र उपहार दिनका लागि कोही प्रेमी प्रेमिका छैनन् ।

यो पटकको भ्यालेन्टाइन डे खल्लो भएता पनि अर्को भ्यालेन्टाइन डे एक्लै मनाउन नचाहने तन्नेरीहरुका लागि निकै सुखद खबर छ । गर्लफ्रेण्ड कसरी बनाउने भन्ने तालीम सञ्चालन भैरहेको छ ।

के कसरी केटी पट्याउने भन्नका लागि समेत ट्युसन क्लास पढ्न पाइन्छ त दुनियामा रु हो बेलायतमा चाहि यस्तो सुविधा रहेछ ।

एकजना ब्रिटिस मोडेलले कसरी युवतीहरुलाई प्रभावित गर्ने र कसरी प्रेम गर्ने भन्ने विषयमा ट्युसन नै पढाउने गरेकी छिन् ।

उनले आफ्नो कक्षामा कस्तो कस्तो व्यवहारले केटीहरुलाई प्रेममा पार्न सकिन्छ भन्ने सिकाउने गरेकी छिन् । केटी पट्याउने कला सिकाउने उनको यो ट्युसन कक्षाको शुल्क पनि चर्को छ । एक घण्टाको शुल्क झण्डै ५० हजार रुपैयाँ बराबर पर्न आउँछ ।

केजिया नोबल नामकी ती मोडेलले डेटिङ र आकर्षणका बारेमा प्रशिक्षण दिने गरेकी छन् । बेलायती पत्रिका द सनको रिपोर्ट अनुसार केजियाले १५ वर्षको उमेरमा पढाई छाडेकी थिइन् । त्यसपछि मोडलिङमा लागेकी उनी आफ्नो प्रशिक्षण पेशामा पनि निकै रमाएकी छिन् । यसबाट उनले मनग्गे कमाएकी छिन् ।

समाचारमा उल्लेख भए अनुसार सन् २००६मा केजिया लण्डनको एक बारमा बसिरहेकी थिइन् । त्यहीँबेला उनको मनमा गर्लफ्रेण्ड कसरी बनाउने रु भन्ने बारेमा ट्युसन पढाउन सकिन्छ भन्ने सोँच आयो । त्यतिबेला उनको उमेर २५ वर्षको थियो ।

त्यहीँबेला उनको नजिकै एकजना युवक आयो । सिंगल केटाहरुले गरेको च्याटको फिडब्याक दिन सक्छौँ रु भनेर उसले सोध्यो । वास्तवमा त्यो युवक बुटक्याम्पको हिस्सा थियो ।

सो बुटक्याम्पमा केटाहरुलाई केटीसँग कसरी कुराकानी गर्ने भन्ने तालीम दिइन्थ्यो । त्यहीँबेला केजियालाई थाहा भयो कि व्यक्तित्व विकास सम्बन्धी उद्योगमा महिलाहरुको अभाव छ । त्यस क्षेत्रमा ठूलो सम्भावना देखेपछि उनले आफ्नो त्यो अनौठो व्यवसाय सुरु गरिन् ।

केजिया एक युट्युब च्यानल चलाउँछिन् । त्यसमा उनले केटीहरुसँग कुरा गर्दा केटाहरुले कस्ता कस्ता गल्ती गर्छन् भनेर बताउँछिन् । उनको युट्युब च्यानलमा ४ लाखभन्दा धेरै सब्सक्राइबर्स छन् । यतिमात्र होइन उनले आफ्नो अफिसमा २५ जनालाई जागिर पनि दिएकी छिन् । उनीहरु डेटिङ वर्कसप सञ्चालन गर्दछन् ।

यो अनौठो व्यवसायबाट केजियाले अहिलेसम्म १५ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरिसकेकी छिन् । कोरोना महामारीका बेला उनले आफ्नो यो प्रशिक्षणलाई अनलाइनमा सञ्चालन गरिन् । अनौठो त के भने केटी कसरी पट्याउने भन्ने तालिम दिने केजिया आफै डिभोर्सी हुन् । उनको ६ वर्षको छोरा पनि छ । एजेन्सीको सहयोगमा





error: Content is protected !!