यसरी लुकाउनुस् फेसबुक र इन्स्टाग्राममा आउने लाइक

सामाजिक सञ्जालहरूमध्ये फेसबुक र इन्सटाग्राम निकै लोकप्रिय छ। यी सामाजिक सञ्जालहरूमा प्रयोगकर्ताले सम्झनाको लागि विभिन्न समय खिचेको फोटा र भिडिओ अपलोड गर्न सक्छन्। त्यस्तै, मनमा लागेका कुराहरू लेख्दै फेसबुकमा स्टाटस पोस्ट गर्न सकिन्छ।
कतिपय प्रयोगकर्ताहरू आफूले पोस्ट गरेको त्यस्ता फोटा र स्टाटसमा आउने लाइकररियाक्सनमा दंग पर्नुहुन्छ। पोस्टमा आउने लाइक र कमेन्टहरू अरूले पनि देखोस् भन्ने चाहनुहुन्छ।
तर कतिपय प्रयोगकर्तालाई भने फोटारभिडिओहरू पोस्ट गरेपनि त्यसमा आउने लाइकहरू अरूले नदेखोस् भन्ने चाहनुहुन्छ होला। ती लाइक र अन्य रियाक्सनहरू लुकाउन मन लाग्छ होला।
फेसबुक र इन्स्टाग्रामले त्यस्ता प्रयोगकर्ताहरूको लागि लाइकररियाक्सन लुकाउन मिल्ने फिचर दिएको छ।
यसरी लुकाउनुहोस् फेसबुक पोस्टमा आउने रियाक्सनहरूः
यसको लागि तपाईंले आफ्नो अकाउन्ट फेसबुक एपबाट लगइन गर्नुपर्ने हुन्छ। सुरूमा एपबाट फेसबुक लगइन गर्नुहोस्।
यसपछि सेटिङ्स एन्ड प्राइभेसीमा जानुहोस्।
यसभित्र रहेको सेटिङ्स विकल्प रोज्नुहोस्।
यहाँ तपाईंले अकाउन्ट, प्रिफिरेन्सेस, अडियन्स एन्ड भिजिबिलिटी लगायत विभिन्न खण्ड देख्नुहुन्छ। त्यसमध्ये प्रिफिरेन्सेसभित्र रहेको रियाक्सन प्रिफिरेन्सेसु विकल्प रोज्नुहोस्।
यसभित्र तपाईंले हाइड नम्बर अफ रियाक्सनु भन्ने देख्नुहुन्छ। जसभित्र थप दुई खण्ड छन्। पहिलो विकल्पमा रहेको (अन पोस्ट फ्रम अदर्सुलाई अन गर्नुभयो भने अन्य प्रयोगकर्ताले पोस्ट गरेको कुनै पनि पोस्टको लाइक रियाक्सन) र कमेन्टहरू तपाईंले देख्नुहुँदैन। त्यस्तै, अन योर पोस्टु भन्ने विकल्पलाई अन गर्नुभयो भने तपाईंको पोस्टहरूमा आएको रियाक्सन र कमेन्टहरू अन्य प्रयोगकर्ताले देख्न मिल्दैन।
( आफ्नो पोस्टमा आएको लाइक (रियाक्सन) लुकाउन दोस्रो विकल्प अर्थात् अन योर पोस्टु भन्ने विकल्पलाई अन राख्नुहोस्। यसरी अब अन्य प्रयोगकर्ताले तपाईंको पोस्टमा आएको कुनै पनि लाइक वा रियाक्सनहरूको अंक हेर्न मिल्दैन। तर एकएक गरेर हेर्न खोज्यो भने मिल्छ।
।
यसपछि तपाईंको प्रोफाइल पृष्ठमा जानुहोस्।
यहाँ दायाँपट्टी सबैभन्दा माथि तीनवटा तेर्सो दर्को देख्नुहुन्छ। यसमा थिच्नुहोस्।
स्क्रिनमा विभिन्न विकल्प देख्नुहुन्छ। त्यसमध्ये सेटिङ्स रोज्नुहोस्।
अब यसभित्र रहेको प्राइभेसी भन्ने विकल्प रोज्नुहोस्।
अबको पृष्ठमा इन्टरएक्सन खण्डभित्र पोस्ट भन्ने देख्नुहुन्छ। यसलाई रोज्नुहोस्।
यो पृष्ठको सबैभन्दा माथि ुहाइड लाइक्स एन्ड भ्यू काउन्टु भन्ने देख्नुहुन्छ। त्यसलाई अन गर्नुहोस्। यति गरेपछि तपाईंको पोस्टमा आउने लाइक र भ्यु काउन्ट ९भिडिओको खण्डमा० अन्य प्रयोगकर्ता अथवा तपाईंको इन्स्टाग्राम फलोअर्सले देख्दैन।








