फागुन १- २०५२ महान जनयुद्धलाइ सम्झदा

टकबहादुर घर्ती ( मुनाल)

गुमाउनका लागि एउटा हत्कडी र नेल । पाउनका लागि सिङ्गो संसार , यो हो माओवादी आदर्श र समसमायिक नारा अथवा घोषित राज्यलाई चुनौति !

२०५२ फागुन १ का दिन रुकुमको राडी चौकी , रोल्पाको होलेरी चौकी, र रामेछापको बेथान प्रहरी चौकी एकसाथ , एकरात , सामन्त , सुदखोर , माथीको हमला अनि महान जनयुद्वको शंखघोष भएको दिन थियो । सामान्य कटास र घघरुको लाठी , खुकुरी र भरुवा बन्दुकबाट शुरु भएको जनयुद्व साँच्चिकै अर्थमा जनताको मुक्ति युद्वको रुपमा छोटै समयमा अपार सफलताका साथ सम्पन्न भएको हो । दिर्घकालिन जनयुद्वको रणनीति अनुरुप गाउँबाट शहर घेर्ने योजनाका साथ किसान , मजदुर , बिद्याथी र शिक्षकहरु मार्फत बिद्रोह गरेर गाउँ ,गाउँमा सामन्त , जालि फटाहा र सुदखोरहरुका बिरुद्व एउटा ससक्त र सशस्त्र संगठित बिद्रोह गरेको इतिहास थियो १० वर्षे जनयुद्व ।

समाजमा अर्कै थियो , हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने सोलोगण (नारा) जनता वा आम सर्वसाधारणहरु माझ दिएर एकतन्त्रिय शासन ब्यवस्था कायम राखेका राजाले प्रजा,रैतिलाई भनेर एक मात्र सूचना संचार रेडियो नेपाल र नेपाल टेलिभिजनबाट एकलौटी राजकिय बखान सुनेको भरखरै झैँ लाग्छ । राजपरिवारको जन्मदिन , बिवाह बर्तवन्ध र राजकिय भ्रमण जस्ता प्रचार उत्सव नै हाम्रा वाकस्वतन्त्रताका श्रोत थिए । स्कुलमा सरस्वति स्तुतिगान र स्वस्थानि हिन्दु भजनकृतन र तिज पञ्चमिमा दिदिबहिनिहरुको बिलौना गित बाहेक अन्य मौलिक साँस्कृतिक प्रचलन नचलाईएको हाम्रो पछौटे समाजमा , जातीय भेदभाव देखि लैङ्गिक विभेद यति जर्जर थियो , अहिले पनि सहि नसक्नुका दुष्परिणाम छन , भने गुपचुपका घट्ना र नाईके ठालुका न्याए नजिरमा कैयन बिभेदपुर्ण काण्ड पंञ्चौलिमा मिलाईए ।


पंञ्चायतकाल का पञ्च र पञ्चौलि खानु पर्छ भन्ने मान्यता अझँै पनि गाउँघरमा यदाकता चलेको देखिन्छ । गाउँघरका कचहरि र प्रधान ,मुखियाहरुको आगमन हुना साथ आँख्खि ईसारामा न्याए दिने चलन सामान्य थियो । राजा त ती बडाराजा , शासन चलाउने काठमाण्डु राजा को अर्कै हैकम छदैं थियो र गाऊँले राजाको रवाफ , दवाफ र शासन त झन खफि नसक्नु कै थियो । भनी साध्य र गनि साध्य छैन कठै ।

शाहि परिवार अहिले पनि नाम सुन्दा झसङ्ग मन हुन्छ , रोएल फेमिलि , रोएल आर्मि , रोएल यातायात , रोएल होटेल , रोएल वायु सेवा , रोयल निकुञ्ज आदि , ईत्यादी बाफरे अहिले नि कता ,कता देख्न पाईन्छ । हुकम र प्ररमादेश अनि बक्सियोस शव्दहरु उतिवेला अचाक्लि लोकप्रिय शब्द हुन , उनै राजाका प्रधान , मुखिया , काजि , डिठ्ठा र घाटपुरा , कट्टवालेले चलाएको समाज अथवा देश हो नेपाल ।

जब कट्टवालेले फर्मान जारी गर्थे गाउँका सबै गाऊँले भेला भएर गाउँले राजाको आदेश के छ ? राजाका साउने खेत स्याहार्नु पर्ने हो कि ? या त भदौरे पाखोबारी कोदो गोडमेल गर्नुपर्ने हो । कटुवालले ले बिगुल फुके पछि संन्नाटामय गाऊँमा प्रजाहरुको कानेखुशि हुन थाल्थ्यो । राजाहरुको अन्नवाली छरबता र घरभित्रा नगराई , आफ्नो कोदोमेलो सार्नु भनेको छोटे राजाहरुको बर्खिलाव झै फौजदारी दण्डनिय काम हुन्थ्यो उसवेला । हुन त मनाङ्ग मुस्ताङबाट कालो सिमी र जुम्ली धानको भात लगायत देशभरबाट काठमान्डुमा राशन पुर्याउने र शासन चलाउने सास्ति गाउँले राजाको पनि चानचुने चुनौति थिएन। शोषन , उत्पिडन र मार मा थिए उनै प्रजा रैति अथवा निरीह जनता ।


जब बहुदलिय र निर्दलिय ब्यबस्था को संघर्ष बीचबाट संबैधानिक राजतन्त्र , बहुदलिय प्रजातन्त्र हुँदै कांग्रेस र एमाले तत्कालिन सांसदवादी दल का अगुवा पार्टीहरु हुन । त्यस मध्ये नाईके पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नै थियो । त्यो संसदबादी पार्टीका प्रभावशाली पात्र नेताहरु थिए रेडियो नेपालमा चर्चित नाम आईरहने शेरबहादुर देउवा , लोकेन्द्रबहादुर चन्द सुर्यबहादुर थापा ।
संबैधानिक राजतन्त्रमा कबुलियत के थियो भने बहुदलिय ब्यवस्था मानिदिनुपर्ने , राजाको हुकुम बमोजिम रुचाईएका प्रधानमन्त्री र अन्य मन्त्री बन्नु पर्ने , शासन ,प्रशाषन राजाकै चल्ने तर जनताको एजेण्ट भएर दलका प्रतिनिधि पार्टी ले काम गरिदिनु नै यसको मूल मक्सत थियो । संबैधानिक राजा र बहुदलिय प्रजातन्त्रको नामधारी प्रक्रियाले जनतालाई कुनै सकारात्मक सन्देश प्रवाह गर्न सकेन , बरु जनयुद्वको पुर्वाधमा र राजकीय शाषनको उत्तारार्धमा जनबिद्रोहको महाअभियान आरम्भ भयो ।

शुरु भयो जनयुद्व । किन ? कहाँबाट ? कहिले ? कसरी ? कस्तो अबश्यमा छ त अहिले ? पटक पटक माओवादी इतिहास सँग सम्वन्धित भएर सवाल जवाफ समाजले खोजिरहेको छ । माथि उल्लेखित तथ्य र पृष्ठभुमिबाट शुरुवात भई ग्रामीण बर्गसंघर्ष , सशस्त्र संघर्ष हुँदै हालसम्म एकात्मक राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने भूमिका सम्म माओवादी राजनिति कै मुलधार र मुद्वामा देश चलिरहेको बिषय अवगत नै छ । एउटा ससक्त क्रान्तिकारी पार्टी ,नेतृत्व र सहि राजनीतिक कार्यदिशा हुदैनथ्यो त २४० वर्षे एकात्मक राजतन्त्रको अन्त्य सम्भव थिएन । जनताको क्रान्तिकारी पार्टी , जनमुक्ति सेना र जनउत्तरदायी सत्ता अभ्यास गरेर पुरानो राज्यव्यवस्थालाई चुनौति नदिएको भए अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थाको जन्म अंसम्भव थियो ।


यसकारण रोल्पा , रुकुम र जाजरकोट बाट शुरुवात भएको महान जनयुद्वले देशभर प्रभाव जमाउदै एकपछि अर्को उचाई हासिल गरेको तथ्य हामी सामु घाम जत्तिकै छर्लङ्ग छ । सत्य र तथ्य जतिसुकै तोडमोड गरे पनि परिवर्तनका निम्ति योग्दान गर्ने तमाम क्षेत्रहरु मध्ये उत्पिडित बर्ग , जाति , लिङ्ग , र उत्पिडित क्षेत्रहरु नै हुन । इतिहासले यो बर्गलाई नै नेतृत्व प्रदान गरेर समानुपातिक , समावेशि , धर्म निरपेक्षता र सघीयताको मुल धारमा उभिएर संबिधानस्त संम्वोधन भएको छ ।


यी उपलव्धिको रक्षा , प्रयोग र बिकाश गर्नुपर्ने दायित्व अझै पनि माओवादीको काँधमा आएको छ । बिगत बर्गसंघर्ष र हाल बदलिएको परिश्थिति (प्रबिधि र सूचना संचारमा भएको बिकाश र क्रान्ति ) अनुसार नेतृत्व गर्नु वा निष्कर्षमा पग्नु अर्को थप कर्तव्य नै हो । गरिव , निमुखा र मजदुर बर्गका मुद्वाहरु अझै पनि ज्यू का त्यु छन , ब्यवस्था बदलिएको छ तर जनताको अवस्था उस्तै छन । किन ? फेरि बहस चलेका छन । जवाफ जरुर छ । संघीयतालाई ब्यवस्थीत गरी राजनीतिक र प्रशासनीक ढंगले चलाउनु , समावेशिको आधारमा सबैको अपनत्व हुने गरी तीन तहका सत्ता संचालन गर्नु , जातजाति विविध धर्महरुको काम कर्तव्य बारेमा ब्यवस्थापन गर्नु लगायतका राज्य पुनःसंरचना भित्र संवैधानिक र कानुनी काम कार्यवाहि भएका छन ।

राजनैतिक संक्रमणकालिन समयको एक चरण पार गरेर देशले सामाजिक समृद्विको चरणमा प्रवेश पाएको छ । यसबेला स्थानीय स्तर देखि प्रदेश हुँदै संघ सम्म निर्वाचित जनप्रतिनिधिले जनताको रायसल्लाह अनुसार भौतिक पूर्वाधार का थुप्रै कामहरु अघि बढाएका छन तथापि उत्पादनशिल र जनजिविकाका सवाल हरु सम्वोधन हुन सकिरहेका छैनन । प्रत्यक्ष जनजिवनलाई उत्पादनमा जोडेर आयस्तर बढाउनु तत्तकालिन आबश्यक्ता बनिरहेको छ ।

अबका दिनमा यत्तिले मात्रै पुग्दैन , आगामी निर्वाचनमा जनताका बाँकी मुद्वाहरुलाई पूरा गर्ने गरी चुनाबी घोषणा पत्रमा लेख्नका लागि लेख्ने एजेण्डा मात्रै होईन कि कार्यन्वयन गर्ने गरि स्वघोषणा का साथ अघि बढ्न जरुरी छ । जनयुद्व र जनआन्दोलन का तमाम म्यान्डेटहरुलाई पूरा गर्नु नै महान सहिद , घाईते र बेपत्ता यौद्वाहरुहरु माथीको सम्मान हुनेछ । यो बाहेक राजनैतिक प्रतिनिधिका अगाडि अरु कर्तव्य गौण हुन ।

अहिले सम्म देश माओवादी को राजनैतिक योजना र कार्यक्रममा हिनिरहेको सन्दर्भमा अन्य दल वा पार्टीले लिने कार्यदिशा भन्दा माओवादी पार्टिले लिने कार्यदिशा असाध्यै महत्वपुर्ण बनिरहेको छ । बिगत इतिहासका विविध कालखण्ड र बर्तमान अवस्थालाई नियालेर हेर्ने हो भने कतिपय मुद्वामा अलिक विश्राम लिने पो हो कि? बर्ग छोडेर संघर्ष छोडेर सम्झौता , समन्वयमा माओवादी पार्टी धोका पाउने हो कि ?

यावत चिन्ता र चासोका बाबजुद माओवादी सहानूभुति नै समाजमा ब्याप्त छ । यस बिषयमा देखिने गरी जनसरोकार , जनचासो मा नेतृत्व टिमबाट नै त्याग , समर्पण र निरन्तरता दिएर जनबिश्वास पैदा गरि आउँदा दिनहरुमा माओवादी पार्टी ले लिने रणनिति र कार्यनिति सफल हुनेछ । फेरि पनि माओवादी एकता सुदृढ र ब्यवस्थित हुनेछ । आशादित सर्वहारा बगिय बिचारहरु केन्द्रित बन्नेछन । समाजवादी कार्यदिशामा आदर्श र निष्ठावान नेताहरु जन्मिने छन र निरन्तर क्रान्ति अघि बढ्नेछ ।
बर्गबिरोधिहरु बिभाजन हुनेछन । राजा महाराजा बन्ने सपनाहरुले हार्नेछन ।

एकात्मक शाषन र दृष्टिकोण राख्नेहरु भाग्नेछन । प्रतिगामि र पश्चगामीहरुको संगठन भत्कनेछ । अन्तिममा तथ्य र सत्यताको बिजय अवश्यम्भावि हुनेछ । नेपालमा उत्कृष्ट संघीय लोकतान्त्रिक गणतन्त्रको अनन्तकाल रहनेछ ।





error: Content is protected !!