एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ ः सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी पार्टी कार्यालय सानेपामा जारी बैठकमा गठबन्धन रहे पनि नरहेपनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

बिहीबारको बैठकबाट बाहिरिँदै नेता कोइरालाले भने, बैठकमा एमसीसीका विषयमा छलफल भयो । एमसीसी पारित गर्नुपर्छ भन्ने निष्कर्ष छ ।

उनका अनुसार बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल जानकारी गराएर केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई एमसीसीको विषयमा बोल्न समय दिएका थिए । महतको व्याख्यापछि देउवाले एमसीसीका विषयमा राम्रा(नराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका केन्द्रीय सदस्य कोइरालाले जानकारी गराएका छन् ।

उनका अनुसार अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताएका थिए ।





error: Content is protected !!