कर्णाली सरकारमा बीसी र शाहीलाई पठाउने कांग्रेसको निर्णय

सुर्खेत ः नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि दावेदार थिए । उनी माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारमा जलस्रोत तथा उर्जा विकासमन्त्री बनेका थिए । बीसी पनि शाही सकरारमा सामाजिक विकासमन्त्री थिए ।

अहिले मन्त्री बन्न लागेका शाही, संसदीय दलका सचेतक पनि हुन् । ‘मैले त सकेसम्म एकजना महिला सांसदलाई पालो दिने सोचेको थिए । तर, सबैकुरा मेरो सोच मुताविक नहुने रै’छ,’ मुख्यमन्त्री शाहीले भने ।





error: Content is protected !!