जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

जाजरकोट ः जिल्ला प्रशासन कार्यालयमा आइतबार देखि सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले बैदेशिक रोजगारीमा जाने युवायुवती लगाएतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरुले धेरै दुख पाउँनु परेको छ । विदेश जानु पर्व केही जानकारी हाँसील गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताए । बैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आबश्यक प्रमाणहरु सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्वन, क्षतिपूर्ति र बिदेशमा सम्पर्क र समन्वय लगाएत कुराको ज्ञान हाँसिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।
टेलिभिजन मार्फत बैदेशिक रोजगारी सम्वन्धी सचेतना मुलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । बैदेशिक रोजगारी जानेहरुले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन प्रवाहमा उल्लेख छ ।







